आमिर खानको यस्तो रुप किन ?



एजेन्सी । बलिउडका मिस्टर पर्फेकसनिस्ट आमिर खान आफ्नो नयाँ अवतारका कारण अहिले चर्चामा छन् ।

टोपी, लामो दारी र कपालको निर्मम सरदारको भेषमा उनी 'लाल सिंह चड्‍ढा' मा देखा पर्दैछन् । यो फिल्ममा उनको अपोपजटमा करिना कपुर रहनेछिन् ।

लाल सिंह चड्‍ढा हलिउड फिल्म फरेस्ट गम्प नाम चलचित्रको आधिकारिक हिन्दी रिमेक हो । फिल्ममा जीवनमा सफलता पाउन दिमागी हालत ठिक हुनै पर्ने छैन भन्ने देखाइएको छ । दिमागी हालत ठिक नभए पनि उनी एतिहासिक पुरुष बन्न सफल हुन्छन् ।

फरेस्ट गम्पले एक दर्जन ओस्कर नोमिनेसन पाउनुका साथै ओस्कर अर्वाड पनि जितेको थियो ।

फिल्मका प्रमुख पात्र टोम हैक्स लगातार दुई बेस्ट एक्टर र ओस्कर अर्वाडबाट सम्मानित भएका थिए ।

हिन्दी रिमेकमा आमिर टोम हैंक्सको भूमिकामा देखापर्ने छन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ९ गते, शुक्रबार

menu LIVE TV