प्रधानमन्त्री ओलीलाई फेरि अस्पताल लगियो



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर भर्ना गरिएको छ ।

प्रधानमन्त्रीलाई नियमित डायलसिसका लागि अस्पताल लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को समापन समारोह हेरे लगतै उनी अस्पताल पुगेका हुन् ।

प्रधानमन्त्री ओली मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा १० दिनको उपचारपछि मंसिर १९ गते डिस्चार्ज भएका थिए ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ९ गते, शुक्रबार

menu LIVE TV