सांसद नविनाको नयाँ बानेश्वरमा रेष्टुरेन्ट: ओपनिङ मेनुमा के-के छ ? (भिडियो)


SHARES

काठमाडौँ । सांसद नविना लामाले काठमाडौँको नयाँ बानेश्वरमा रेष्टुरेन्ट सञ्चालन गर्दैछन् । रेष्टुरेन्टको आइतबार उद्घाटन हुनेछ । नविना सहित अनेरास्ववियुका पाँच नेत्रीको सहकार्यमा रेष्टुरेन्ट खुल्न थालेको हो । रेष्टुरेन्टमा नेपालमै उत्पादन भएका कपडा समेत बिक्रीमा राखिने छ ।

संसद् भवन नयाँ बानेश्वरको अपोजिटको रेष्टुरेन्टमा अग्र्यानिक खानाको स्वाद पाइने सांसद लामाले जानकारी दिइन । हिमालयन रिमठिम नामको रेष्टुरेन्टमा नेपाली संस्कृति झल्काउने सामाग्री देख्न समेत पाइने ।

नेपाली चुलोमा पकाएको नेपाली परिकारलाई आफूहरूले मेनुमा प्राथमिकता दिएको उनले बताइन् । राजनीतिमा लागेका व्यक्तिले पनि व्यवसाय गर्नुपर्छ भन्ने उदाहरण दिनका लागि आफूले रेष्टुरेन्ट खोल्न लागेको सांसद लामाको भनाई छ ।

थप सामाग्री भिडियोमा


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल जेष्ठ १२ गते, सोमबार

menu LIVE TV