विप्लवको घरमा छोराको स्वास्थ्य शिविर ! (फोटोसहित) « Nagarik Khabar

विप्लवको घरमा छोराको स्वास्थ्य शिविर ! (फोटोसहित)



कपिलबस्तु । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव भूमिगत छन् । उनको गाउँ कपिलबस्तुको शिवगढी नगरपालिका  वडा नं ३ भगवानपुरमा शनिवार र आइतवार सयौं नागरिकका लागि छोरा प्रकाश चन्दको नेतृत्वमा स्वास्थ्य शिविर गरिएको छ ।

भगवानपुरको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा विप्लव निकट जन स्वास्थ्यकर्मी महासंघको संयोजनमा शहिद स्मृति प्रतिष्ठानले निशुल्क स्वास्थ्य शिविर गरेको हो । शिविरबाट सयौं बिरामीले उपचार पाएका छन् ।

विप्लव पुत्र प्रकाश अहिले चितवन मेडिकल कलेजमा मेडिकल साइन्स अध्ययन गरिरहेका छन् ।  उनी जन स्वास्थ्यकर्मी महासंघका महासचिव समेत हुन् । राज्यले गर्नुपर्ने काम आफूहरुले  गर्न बाध्य भएको बताउँदै उनले आगामी दिनमा यसलाई निरन्तरता दिने बताएका छन् ।  

शिविरमा झण्डै १४ सय स्थानीयको सहभागिता थियो । शिविरका लागि विशेषज्ञ चिकित्सक, स्वास्थ्य कर्मी लगायत झण्डै ४० जनाको समूह शिवगढी पुगेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: