पहिरोले अवरुद्ध सिद्धिचरण लोकमार्ग सञ्चालन हुन एक साता लाग्ने



उदयपुर । वर्षाका कारण करिब तीन दर्जन ठाउँमा पहिरो गएपछि सिद्धिचरण लोकमार्ग १० दिनदेखि अवरुद्ध छ । अवरुद्ध लोकमार्ग सञ्चालनमा आउन एक साताभन्दा बढी लाग्ने भएको छ ।

सिराहाको मिर्चयाबाट उदयपुरको कटारी हुँदै ओखलढुङ्गा जोड्ने लोकमार्गको ४२ किलोमिटर खण्डमा ४० भन्दा बढी ठाउँ पहिरो गएको छ । पहिरो गएको ठाउँमा सडक मर्मतको काम तीन दिनदेखि लगातार भइरहेको सडक डिभिजन कार्यालय लाहानले जनाएको छ ।

सडक अवरुद्ध भएपछि बीच सडकमै दर्जनौं ठूला तथा साना सवारीसाधन रोकिएको कटारी–घुर्मी खण्डमा अलपत्र परिरहेको रौता हिमाली यातायात व्यवसायी केन्द्र शाखा कटारीले जनाएको छ ।

सडक अवरुद्ध भएपछि मिर्चयादेखि ओखलढुंगा आवतजावत पूर्णतः ठप्प भएको छ भने कटारीबाट पहाडी भेगका आधादर्जन बढी वडाबासीलाई कटारी आउजाउ र अन्तरवडाको सम्पर्कसमेत बन्द भएको नगरपालिकाले जनाएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV