कांग्रेस नेता रमेश लेखकलाई पितृशोक



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई पितृशोक परेको छ । कांग्रेस नेता एवं पूर्वमन्त्री लेखकका बुबा डा. प्रयागदत्त लेखकको ८९ वर्षको उमेरमा शुक्रबार राति उपचारका क्रममा नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको नेता लेखकका स्वकीय सचिव जनक भट्टले जानकारी दिए ।

स्व. लेखकको पार्थिव शरीरलाई आज बिहान नैकापस्थित निजी निवासमा श्रद्धाञ्जलिका लागि राखिने र बिहान ११ बजेपछि पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने भट्टले बताए ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV