चोरीमा संलग्न भनिएका साह पूर्पक्षका लागि थुनामा



काठमाडौं । त्रियुगा नगरपालिका–११ बिपीचोकमा रहेको कोषराज दाहालको मोबाइल पसल चोरी गरेको अभियोग लागेकालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

प्रहरीका अनुसार साउन १ गते उक्त मोबाइल पसलबाट अनुमानित ३९ लाख, ८३ हजार एक सय ५३ रुपैयाँ बराबरको सामान चोरी भएको थियो । उक्त चोरीको अभियोग लागेका सुरेश साह र उनका साथीहरु जावेद आलम, भाग अन्सारी, अंगेश कुमार, नईम आलम, भोला सहनी, सञ्जय सहनी, फर्याज आलम संलग्न रहेको प्रहरीले जनाएको छ ।

उक्त घटनामा पक्राउ परेका प्रतिवादी भारतको मोतिहारी जिल्लाका ३२ वर्षीय सुरेश साहलाई उदयपुर जिल्ला अदालतले ५ लाख धरौटी माग गरेकामा सो बुझाउन नसकेपछि पुर्पक्षका लागि उदयपुर कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV