सात महिनाको अनुसन्धान : जहाँको तरकारीमा विषादी भेटिएन


SHARES

  • भैरब आङ्ला

सुनसरी । पूर्वको कोशी पहाडी क्षेत्र र धरान आसपासमा उत्पादित तरकारी विषादी रहित पाईएको छ ।

धरान उपमहानगरपालिकाको पहलमा पहाडी क्षेत्रबाट आईपुग्ने तरकारीको स्थलगत तथा बजारमा पुगेर (७ महिना लगाएर) गरिएको अनुसन्धान र ल्याब परीक्षणबाट सो कुरा पत्ता लागेको हो ।

धरान उपमहानगरपालिकाको सभाहलमा बिहीबार आयोजित धरान बजारका सागसब्जीमा बिषादी अवशेष परीक्षण सार्वजानिक कार्यक्रममा स्वास्थ्य बातावरण अनुसन्धान तथा विकास केन्द्रका अध्यक्ष धिरेन सुव्वा लिम्वूले सो तथ्याङक सार्वजानिक गरेका हुन् ।

भारतबाट आयतित तरकारीमा विषादी प्रयोग गरिएको भन्दै विषादी परीक्षणको चर्काे आवाज उठिरहेको बेला धरानमा गरिएको अनुसन्धानले कोशी पहाडी क्षेत्र धनकुटाको डाँडाबजार, चौविसे क्षेत्रमा उत्पादित तरकारी र हिले, छथर जोरपाटी, सिंधुवा र धरान आसपासको क्षेत्र, ठिंगाबारी, बसन्तटार, पानमारा, बिष्णुपादुका क्षेत्रको तरकारीको नमुना परिक्षण गर्दा बिषादी रहित पाईएको थियो ।

बेमौसममा गरिएको अनुसन्धानमा धरान बजारमा आईपुगेका तराईका केही क्षेत्रबाट आउने तरकारीमा गरिएको अनुसन्धानले यस्तो परिणाम देखाएको हो ।

धरानको भानुसब्जी बजार र पालिका बजारहरुमा आईपुगेका तरकारीमा स्थलगत अनुसन्धान गर्दा केही औषधी प्रयोग गरेको पाइए पनि नेपाल सरकारबाट मान्यता दिइएको औषधी मात्रै प्रयोग गरेको भेटिएको लिम्वूले बताए ।

यसले गर्दा बजार सम्म आईपुग्दा विषादीको मात्रा शुन्यमा झरेको हो । तर भारतबाट आयत हुने अधिकांश तरकारीमा नेपाल सरकारले प्रतिबन्ध लगाएको औषधीहरु प्रयोग हुने गरेको बताईएको छ ।

ल्याव सञ्चालनको तयारी

कृषि उपज बजार स्थल धरानका प्रमुख लक्ष्मण भट्टराईले बेमौसममा आयत हुने तरकारीमा विषादी प्रयोग हुने गरेको बताईएकोले सो समयको तरकारीमा पनि अनुसन्धान र परीक्षण गर्नुपर्ने बताए । उनले धरानमा दशैं अगडी नै एक नम्वर प्रदेश कृषि मन्त्रालयको सहयोगमा विषादी मापन गर्ने ल्याव सञ्चालन गर्ने तयारी भएको बताए । ल्याव सञ्चालनपछि यस क्षेत्रमा तरकारी विषादी मापनमा ठुलो सहयोग पुग्ने उनले बताए ।

धरानमा पहाडी क्षेत्र र तराईका केही ठाउँबाट आयत हुने तरकारी विषादी रहित पाईएकोले अव बर्खायाममा उत्पादन हुने तरकारीमा पनि परीक्षण र अनुसन्धान गर्ने तयारी भईरहेको धरान उपमहानगरपालिकाकी कार्यवाहाक मेयर मन्जु सुवेदी भण्डारीले बताईन् ।

दुधको पनि परिक्षण

धरानमा आउने दुधको गुणस्तर र शुद्धतामा समेत धरान उपमहानगरपालिको ध्यान गएकोले दुधको पनि परिक्षण गरिने कार्यवाहक मेयर भण्डारीले बताईन् ।

कर्मचारी व्यावस्थापन

धरानमा ग्यास क्रोम्याटोग्राफी मास स्पेट्रोमेटी (जिसिएमएस) आधुनिक मेसिनबाट तरकारीको विषादी परीक्षण गर्ने ल्याव संचालनमा आउन लागेकोले ल्यावका लागि कर्मचारी व्यावस्थापन प्रदेश सरकारसँग सहकार्य गरेर गर्ने धरान उपमहानगरपालिकाले बताएको छ ।

विषादी परीक्षण ल्याव

यस्तो विषादी परीक्षण गर्ने मेसिन नेपालमा तीन ठाउँमा मात्रै भएकोले अब धरानमा सुरु भएपछि नेपालमा चार ठाउँबाट तरकारीको विषादी परीक्षण हुने अनुसन्धानकर्ता धिरेन सुव्वा लिम्वूले जानकारी दिए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV