कोशीटप्पुमा एकैपटक कसरी मरे ४४ गाई–गोरु ?



  • भैरब आङ्ला

सुनसरी । पूर्वी तराईको सुनसरीमा रहेको कोशी टप्पु बन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा चरनका लागि छाडिएका ४४ गाई–गोरु मृत भेटिएका छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ६ र ९ श्रीलङ्का टापुस्थित कोशी टप्पु बन्यजन्तु आरक्षण मध्यवर्ती क्षेत्रमा चरनको लागि छाडिएका गाई गोरु मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आरक्षको मध्यवर्ती क्षेत्रमा गाईगोरु मरेको जानकारी पश्चात जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली, पशु अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र ईनरुवा सुनसरीबाट पशु चिकित्सक मनोज कुमार महत्तो समेतको प्राविधिक टोली, ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरी र ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

मृत अवस्थामा रहेका गाई गोरुको परीक्षण तथा अवलोकन गर्दा सबै गाई गोरुहरुको नाक, मुख, कान र आँखाबाट रगत बगेको तथा पेट फुल्ने एकै किसिमको लक्षण देखिएको बताईएको छ ।

पशु प्राविधिक टोलीले परीक्षणको लागि रगतको नमुना लिईएको छ । सम्पुर्ण कानूनी प्रकृया पुरा गरेर स्थानीय तहसँग आवश्यक समन्वय गरी मृत जम्मा २८ वटा गाई र १६ वटा गोरूलाई स्काभेटरले खाडल खनेर पुरिएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV