धरानमा भेटियो किङकोब्रा



सुनसरी । धरानमा राजगोमन (किङकोब्रा) फेला परेको छ । एक हजार मिटर उचाइभन्दा माथि पाइने किङकोब्रा धरान उपमहानगरपालका–२०, कालीखोलामा फेला परेको हो ।

कालीखोला क्षेत्रमा सिस्नो र निगुरो टिप्न गएकाहरुले अनौठो र लामो सर्प देखेपछि सर्पलाई चलाउँदा साढे ६ फिटको धामन सर्प निलेको र मुखबाट निकालेपछि किङकोब्राको आशंका गरी सर्प उद्धारकर्ता प्रेम विष्टलाई खबर गरेको थिए । खोलाको डिलमा भेटिएको किङकोब्रा साढे नौ फिटको लम्बाइएको छ ।

विष्टले त्यस किङकोब्रालाई उद्धार गरी मोरङको मंगलबारेमा रहेको इलाका वन कार्यालयमा बुझाइएको छ । आफुले दोस्रो पटक किङकोब्रा उद्धार गरेको उनले बताए । यसभन्दाअघि सिन्धुलीमा उद्धार गरेको र सप्तकोशी पूर्व पहिलो पटक धरानमा उद्धार गरेको उनले जानकारी दिए ।

तराईभन्दा केही उच्च पहाडको फेदीमा पाइने अति विषालु किङकोब्रा धरान आसपासमा भेटिनु गौरवको कुरा रहेको स्नाकोक्तर क्याम्पस विराटनगरका प्राणी शास्त्र विभागका सहप्राध्यापक तथा सर्प अनुसन्धानकर्ता कुलप्रसाद लिम्बुले बताए । ‘पूर्वको झापाको जलथलमा किङकोब्रा देखिएको भन्ने सुनेको थिएँ,’ उनले भने, ‘तर यकिन भएन ।’

पूर्वमा पहिलोपटक धरानमा किङकोब्रा भेटिएको छ । उक्त क्षेत्रमा अरु पनि भेटिए ‘किङकोब्रा जोन’ घोषणा गरेर पर्यटन प्रवर्द्धन गर्न सकिने लिम्बुको भनाइ छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV