नेपाली सेनाका मेजर लागूऔषधसहित पक्राउ



काठमाडौं । सुनसरीबाट नेपाली सेनाका मेजर लागूऔषधसहित पक्राउ परेका छन् ।

लागूऔषध ब्राउन सुगरसहित नेपाली सेनाका मजेर अजितकुमार सिंहसहित दुई जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीले मेजर सिंहसहित दुई जनालाई सुनसरीको इटहरीबाट पक्रेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी वसन्त लामाले दुवैलाई इलाका प्रहरी कार्यालय इटहरीको जिम्मा लगाएको जानकारी दिए।

मेजर सिंह नेपाली सेनाको पूर्वी पृतना कार्यालय इटहरीमा कार्यरत रहेका थिए ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV