कोशीटप्पुमा मर्ने गाईगोरुमा एन्थ्रेक्सको आशंका



सुनसरी । कोशीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा केही दिनअघि ४४ वटा गाईगोरु मरेका थिए । गाईगोरु त्यसरी मर्नुमा प्राणघातक पटके रोग तथा एन्थ्रेक्सका कारण भएको बताइएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी कृष्ण राउतका अनुसार पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला विराटनगरले ल्याब परीक्षण गर्दा प्राणघातक एन्थ्रेक्स भेटिएको बताए । तर यसबारेमा कोशीटप्पु वन्यजन्तु आरक्षका आरक्ष प्रमुख रामदेव चौधरीले भने एन्थ्रेक्स भएको पुष्टि अझै भइनसकेको बताएका छन् ।

के कारणले यति धेरै चौपाय मरे ? भन्ने बारेमा अझै अनुसन्धान जारी रहेको र बन्यजन्तु आरक्षलाई आधिकारिक ल्याब रिपोर्ट आइनपुगेको प्रमुख चौधरीले बताए । एकै समय ४४ वटा गाईगोरु मरेका तथा तिनीहरका नाक, मुख, कान र मलद्वारमा रगत बगेको भेटिएको थियो ।

यदी एन्थ्रेक्सनै भएको पुष्टि भएमा वन्यजन्तु आरक्षको संरक्षित अर्ना लगायतका अन्य जन्तु र मानिसलाईसमेत जोखिम हुने चिकित्सकले बताएका छन् । हावाको माध्यमबाट र घास खाँदा पशुमा सर्ने यो रोग मानिसका लागि पनि जोखिमयुक्त मानिन्छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV