जम्मु-काश्मीरमा के गर्दैछन् महेन्द्रसिंह धोनी ? भिडियो भयो भाइरल


SHARES

एजेन्सी । भारतले आफू प्रशासित जम्मु-काश्मीर क्षेत्रमा लागू भएको विशेषाधिकार खोसेसँगै सुरक्षा व्यवस्था कडा बनाएको छ । हजारौं सैनिक जम्मु-काश्मीर क्षेत्रमा पठाइएको छ ।

त्यसै क्रममा भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनी अहिले जम्मु-काश्मीरमा ड्युटीमा छन् ।

 

धोनी अहिले १४ फेबु्रअरिमा बिद्रोहीको आक्रमण भएको ठाउँ पुलवामा तैनाथ छन् । उनी भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल हुन् ।

१५ अगष्टसम्म जम्मु-काश्मीर क्षेत्रमा रहने धोनीका विभिन्न तस्बिर अहिले भाइरल बनेका छन् ।

भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल धोनीले ३० जुलाईदेखि जम्मु-काश्मीर क्षेत्रमा नियमित ड्युटी गरिरहेका छन् । उनले अगष्ट १५सम्म जम्मु-काश्मीरमा आफ्नो बटालियनसँग ड्युटी गर्नेछन् ।

धोनीले भारतको स्वतन्त्रता दिवसको दिन लद्दाखको लेहमा भारतको झण्डा उचाल्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

ड्युटीमा रहेका धोनीको एक भिडियो अहिले भाइरल बनेको छ । जसमा उनले आफ्नो बटालियनका सदस्यसँग उनी भलिवल खेलिरहेको देख्न सकिन्छ ।

त्यति मात्र होइन् उनले आफ्नो जुत्ता पोलिस गरिरहेको तस्बिर पनि सार्वजनिक भएको छ ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV