दिवंगत श्रीमतीको सम्मानमा आजीवन बिहे नगर्ने कसम

एक भुईँमान्छेको कथा


SHARES

  • दीपेन्द्र राई

दुवै हातले कान समाते ।

‘सरी,’ दुवै हातले दुवै कान समात्दै उनले सुनाए, ‘मबाट त्यो काम हुनै सक्दैन । त्यतिबेला त गरिनँ । अब त बुढेसकाल लाग्यो । त्यसैले सम्भावना छैन ।’

झमक्क साँझ परिसकेको थियो । ह्वाइटहाउसडाँडामा रहेको ब्ल्यु माउन्टेन रिसोर्ट परिसर टेक्दा शीतल अनुभूति भयो । बाटो लाग्दा गर्मी अनुभूति भए पनि ह्वाइटहाउसडाँडा उक्लेपछि शीतल भएको थियो । रिसोर्ट पुग्नासाथ कफी पियौं । कफिगफ सुरु भयो । कफिगफबाट सुरु भएको कुराकानी लम्बिँदै गयो । रिसोर्टकै रिसेप्सनको एकछेउमा ब्ल्यु माउन्टेन रिसोर्टका मेनेजर किशोर चाम्लिङले बार्बिक्युको व्यवस्था मिलाए । बार्बिक्युवरिपरि बसेर सुख–दुःखका बात मार्दै जाँदा बेलाबेला पेट मिचीमिची हाँस्थ्यौं । ह्वाइटहाउसडाँडाको हाँसो बिछट्टै लाग्थ्यो । बार्बिक्युलाई भव्य बनाउन भूषण राईलाई रिसोर्टसम्बद्धले समेत सघाए । रिसोर्ट निर्माणसम्बन्धी काम गर्ने उनले पनि सहयोग गरे ।

रात छिप्पिँदै गयो । सुखद शुक्रबार मनाउन ह्वाइहाउस डाँडा चढेकाको चहलपहल पातलियो । काठमाडौं उपत्यकाको गर्मीले डाँडाको शीतल पाएपछि आराम गर्नेले मस्ती मारिरहेका थिए । चम्पादेवी जंगलको काखमा टुसुक्क बसेको ह्वाइटहाउसडाँडा सुनसान बन्दै गयो । हाम्रो कुराकानी जम्दै थियो । बार्बिक्युबाट अघाए पनि खाना खानैपर्ने भयो । यहाँबाट काठमाडौं झिलिमिली देखिन्थ्यो । काठमाडौं उपत्यका नाङ्लोमा तारा राखेजस्तो देखिन्थ्यो । त्यही झिलिमिली हेर्दै खाना खायौं ।

क्याम्पसमा अध्ययनरत सीमा गुरुङसँग उनको आँखा जुध्यो । क्यान्टिनमा जुधेको आँखाले श्रीमान् श्रीमतीको आधिकारिता पायो । मायाप्रेममा परेको वर्ष दिनपछि उनीहरूले बिहे गरे । एउटै क्याम्पसमा आर्टस पढ्ने उनले कमर्श पढ्ने सीमालाई भित्र्याए ।

खाना खाइसकेपछि उनीसँग गफगाफ सुरु भयो । उनको घर गोरखाको बारपाक रहेछ । वैदशिक रोजगारीको सिलसिलामा पाँच वर्ष मलेसिया बसेका रहेछन् । मलेसियाको आर्जनले चितवनमा १० कठ्ठा जग्गा जोडेछन् । जग्गा बुवाको नाममा रहेछ ।

स्वदेश फर्केपछि उनले धेरै किसिमका काम गरे । कामलाई पूजा गर्ने उनले पीएन क्याम्पसमा आईए पढेका थिए । आईएको पढाइ पार लगाउन नसके पनि सोही क्याम्पसमा पढ्नेसँग बिहे गरे । यो संवत् २०५७ को कुरा हो ।

क्याम्पसमा अध्ययनरत सीमा गुरुङसँग उनको आँखा जुध्यो । क्यान्टिनमा जुधेको आँखाले श्रीमान् श्रीमतीको आधिकारिता पायो । मायाप्रेममा परेको वर्ष दिनपछि उनीहरूले बिहे गरे । एउटै क्याम्पसमा आर्टस पढ्ने उनले कमर्श पढ्ने सीमालाई भित्र्याए । सीमाले राखेको प्रेमप्रस्ताव उनले सहर्ष स्वीकारे । श्रीमतीले उनलाई माया गरेर कालु भनेर बोलाउँथे ।

बिहे गरेको साढे दुई वर्ष बितिसकेको थियो । त्यत्तिका अवधिमा सीमा बेलाबेलामा ढल्थिन् । सीमाले आफूलाई छारेरोग भएको बताएकी थिइन् । रोग बल्झिरहेपछि पोखरामा रहेको मणिपाल अस्पताल भर्ना गरे । अस्पतालमा चार–पाँच महिना राख्दा पनि रोगको पहिचान भएन । अन्तिम–अन्तिममा थाहा भयो सीमालाई ब्रेन ट्युमर भएको रहेछ । रोग पत्ता लाग्दा आफूसँग भएको पैसा उपचार गर्दागर्दै सकिइसकेको थियो । भारत लगेर उपचार गराउन चिकित्सकले सुझाएका थिए । उपचार खर्च जोहो गर्दैगर्दा सीमाले दुःख लुकाइन् ।

सीमाले गरेको अनुरोध सुनाउँदै उनी भावुक भए, ‘म मरिहाल्छु । म मरे पनि अर्को बिहे नगर्नू है । छोरीको बिजोग हुन्छ ।’ श्रीमतीले मलिनो अनुहारमा त्यसो भनेको उनलाई हिजैजस्तो लाग्छ ।

‘सीमालाई आफू नबाँच्ने लागिसकेको थियो क्यारे,’ सीमाले गरेको अनुरोध सुनाउँदै उनी भावुक भए, ‘म मरिहाल्छु । म मरे पनि अर्को बिहे नगर्नू है । छोरीको बिजोग हुन्छ ।’ श्रीमतीले मलिनो अनुहारमा त्यसो भनेको उनलाई हिजैजस्तो लाग्छ । श्रीमतीले त्यसो भनेपछि उनले अर्को बिहे नगर्ने कसम खाए । कसम खानु भनेको अनुशासनमा बाँधिनु हो । श्रीमतीको सम्मानमा आफू अनुशासित बनेको उनले स्वीकारे, ‘म छोरीको असल अभिभावक बन्नु त छँदै छ ।’

‘म अर्को बिहे गर्दिनँ भनेर कसम खाँदा सीमाको मुहार उज्यालो देखेको थिएँ,’ उनले विगत कोट्याए, ‘मैले खाएको कसम कसममात्रै नभएर त्याग हो । मैले आजसम्म बिहे गरेको छैन । र, गर्दिनँ पनि । मैले बिहे नगर्दा उनी कति खुुसी होलिन् । भन्न त धेरै थियो । तर, भन्नै जान्दिनँ ।’

चम्पादेवी हाइकिङ जाने प्रस्थानबिन्दु मानिएको ह्वाइटहाउसडाँडामा निर्माणाधीन ब्ल्यु माउन्टेन रिसोर्टमा उनको अतीत सुन्दा भावुक नहुने कुरै भएन । दक्षिणकाली नगरपालिका–१ बोसनमा रहेको ह्वाइटहाउसडाँडाको शीतल ताप्दै उनले थपे, ‘उनकै सम्मानमा चैतेदसैं र बडादसैंमा मात्रै केश काट्ने गरेको छु ।’ उनको अतीत सुन्ने झन् भावुक बने ।

सीमा गुरुङले दुःख लुकाउँदा छोरी कविता गुरुङ ६ महिनाकी थिइन् । उनी १४ वर्षकी भइसकिन् । बाजेसँग बारपाकमै बस्ने छोरी ८ कक्षामा पढ्छिन् । ‘म अर्को बिहे गर्दिनँ भनेर कसम खाँदा सीमाको मुहार उज्यालो देखेको थिएँ,’ उनले विगत कोट्याए, ‘मैले खाएको कसम कसममात्रै नभएर त्याग हो । मैले आजसम्म बिहे गरेको छैन । र, गर्दिनँ पनि । मैले बिहे नगर्दा उनी कति खुुसी होलिन् । भन्न त धेरै थियो । तर, भन्नै जान्दिनँ ।’ आमा र सौतेनी आमाबीचको भिन्नताबारे उनी जानकार छन् ।

‘सर,’ छिप्पिँदो रातमा पनि अनुहार उज्यालो देखिएको उनले खुसी व्यक्त गरे, ‘म त संसारकै खुसी र सुखी मानिस हुँजस्तो लाग्छ ।’

‘सर,’ छिप्पिँदो रातमा पनि अनुहार उज्यालो देखिएको उनले खुसी व्यक्त गरे, ‘म त संसारकै खुसी र सुखी मानिस हुँजस्तो लाग्छ ।’

कसरी ?
‘छोरीमा छोरी छन्,’ उनले प्रसंग जोडे, ‘छोरामा छोरा ।’ छोरी ६ महिनाकी हुँदा श्रीमती दिवंगत भएकी हुन् भनिरहेका उनको कुरा सुन्दा अस्वाभाविक लाग्नु स्वभाविकै हो ।

‘हेटौंडाका विशाल तामाङलाई धर्म छोरा बनाएको हुँ,’ उनले प्रस्ट्याए, ‘विशालको बुवा र म सँगै काम गथ्र्यौं । विशालकी आमाले अर्कैसँग बिहे गरिन् । सौतेनी आमाको दुव्र्यवहारमा परेका विशाललाई उनको बुवाले समेत छाडेर गए । उनको दुःख देख्न नसकेर धर्म छोरा पालेको हुँ ।’

विशाल ११ वर्षका भए । ललितपुरको ढोलिहिटीमा रहेको एक विद्यालयमा पढ्छन् । २ कक्षामा अध्ययनरत उनले धर्म बुवाको माया र साथ पाएका छन् । डन्डी फर्माको मिस्त्रीको काम गर्ने उनी असल र जिम्मेवार अभिभावक हुन् । बर्खामा काम अलि कम पाइन्छ । काम पाइरहे मासिक ३० हजार रुपैयाँ बचत गर्ने उनले छोरी र धर्म छोरालाई पढाइरहेका छन् । वाल प्लास्टरसम्बन्धी कामसमेत जानेका उनले धर्म छोराको नाममा मासिक ६ हजार खर्चले धान्ने सुनाए । बारपाकको घरव्यवहार चलाउन महिनैपिच्छे बुवालाई खर्च पठाउन कहिल्यै बिर्संदैनन् ।

राति अबेरसम्म आफ्नो कथा भन्न अल्छी नगरेका बिर्ख गुरुङजस्ता मानिस कहाँ भेटिएलान् ? मानवीय संवेदना हराउँदै गएको समयमा गोरखाली गुरुङजस्ता मानिस नेपाली समाजमा कमै भेटिएलान् । भेटिए पनि चामलमा बियाँ भेटेसरह मात्रै फेलापर्छन् ।

ह्वाइटहाउसडाँडा सप्ताहान्त मनाउने ‘भर्जिन ल्यान्ड’ रहेछ । त्यही ठाउँमा भेटिएका मिहिनेती मजदुरको कथाले भावविह्वल बनायो । ह्वाइटहाउसडाँडाबाट मिलेका दाँतजस्तै आँखैअगाडि हिमशृंखला देखिन्छन् । चराको गीत सुन्न पाइन्छन् । काठमाडौं उपत्यका धितमरुन्जेल नियाल्न सकिनेछ भनेर पत्रकार नवीन चाम्लिङले सुनाएका थिए । पूर्वको बिहानीसँगै त्यही लोभलाग्दो दृश्यपान गर्ने लोभसहित कुराकानी टुंग्यायौं ।

राति अबेरसम्म आफ्नो कथा भन्न अल्छी नगरेका बिर्ख गुरुङजस्ता मानिस कहाँ भेटिएलान् ? मानवीय संवेदना हराउँदै गएको समयमा गोरखाली गुरुङजस्ता मानिस नेपाली समाजमा कमै भेटिएलान् । भेटिए पनि चामलमा बियाँ भेटेसरह मात्रै फेला पर्छन् । श्रीमती दिवंगत भएको महिना दिनपछि नै बिहे गर्न हतारिनेहरूलाई ४१ वर्षीय गुरुङको त्यागले सवक सिकाउने नै छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV