वर्षमान र कुलमान प्रतिस्पर्धा: ३-० ले वर्षमान विजयी




काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन 'अनन्त' र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच आइतबार फुटसल प्रतिस्पर्धा भएको छ ।

प्राधिकरणको ३४औं वार्षिकोत्सवको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतिस्पर्धामा उर्जामन्त्री अनन्त नेतृत्वको टोलीले प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक घिसिङ नेतृत्वको टोलीलाई ३–० हरायो ।

भृकुटीमण्डपमा रहेको फुटसल मैदानमा भएको प्रतियोगितामा ऊर्जामन्त्री पुनले २ गोल तथा उनका स्वकीय सचिव दुर्गा चापागाईंले १ गोल गरेका थिए ।

२० मिनेटको प्रतियोगितामा प्राधिकरणको टोलीले गोल गर्न सकेन ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV