३०० करोडको साहो: ट्रेलर सार्वजनिक, अहिलेसम्मकै धमाकेदार एक्शन (भिडियो)


SHARES

एजेन्सी । बलिउड सुपरस्टार प्रभास र श्रद्धा कपूरको व्यग्र प्रतिक्षाको फिल्म साहोको धमाकेदार ट्रेलर रिलिज भएको छ ।

यो फिल्म विगत लामो समयदेखि चर्चामा रहेको छ । ट्रेलरमा दमदार अभिनय र एक्शन सीन देख्न सकिन्छ । फिल्मको ट्रेलर भाइरल भएको छ ।

फिल्ममा निकै एक्शन सीन समावेश गरिएको छ । बाहुबलीमा अभिनय गरेका प्रभास बिग स्टार बनिसकेका छन् ।

ट्रेलर चार भाषामा रिलिज गरिएको छ । हिन्दी, तेलुगू, तमिल र मलयालम भाषामा रिलिज गरिएको हो ।

प्रभार र श्रद्धाका अलावा फिल्ममा चंकी पाण्डे, जेकी श्राफ, नील नितिन मुकेश, महेश मंजरेकलगायतका कलाकार रहेका छन् ।

फिल्म ३० अगस्टमा रिलिज हुने छ । यो फिल्म बिग बजेटमा निर्माण गरिएको निर्माण टोलीले जानकारी दिएको छ । करिब ३०० करोड भारुमा चलचित्र निर्माण गरिएको हो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV