नेकपा इलामको जिम्मेवारी बाँडफाँड



इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इलामको पहिलो सचिवालय बैठकले पार्टी एकीकरणपछि रिक्त रहेका विभाग र सल्लाहकार कमिटी गठन गरेको छ ।

नेकपाका २३ विभाग र निर्वाचन क्षेत्रको जिम्मेवारी बाँडफाँड गरिएको छ । इलामका दुई क्षेत्रमध्ये क्षेत्र नम्बर १ को प्रमुखमा पूर्वएमालेका टेकबहादुर राई चयन भएका छन् । पूर्वमाओवादीका राजकुमार राई उपप्रमुख तोकिएका छन् ।

यस्तै क्षेत्र नम्बर २ मा पनि पूर्वएमालेकै गणेशप्रसाद बराल प्रमुख र पूर्वमोओवादीका अनिल बराइलीलाई उपप्रमुखको जिम्मेवारी दिइएको छ ।

नेतृत्व विभाजनपछि नेकपाको महत्त्वपूर्ण विभाग पूर्वएमालेको भागमा परेको छ । निर्वाचन क्षेत्रको नेतृत्व पनि दुवै निर्वाचन क्षेत्रमा पूर्वएमालेकै वर्चश्व रहेको छ । पार्टीका अर्थ तथा योजना, कृषि तथा भूमि सुधार, कोष तथा लेखा, निर्वाचन विभाग, पर्यटन प्रवर्द्धनलगायतका विभाग पूर्वएमालेको भागमा परेका छन् भने खानेपानी तथा सरसफाइ, स्कुल विभागलागयतका विभाग पूर्वमाओवादीको भागमा परेको छ ।

बैठकले ४३ सदस्यीय जिल्ला सल्लाहकार कमिटी गठनसमेत गठन गरेको छ । उक्त कमिटीको अध्यक्षमा लालबहादुर सुब्बा, सचिवमा तिलकसिंह साउदेन र सदस्यमा पूर्णबहादुर बस्नेत रहेका छन् र

बैठकले २३ वटा विभाग गठन गरी संयोजक र सहसंयोजकको पनि टुङ्गो लगाएको छ । बैठकले अर्थ तथा योजना विभागको प्रमुखमा गणेशप्रसाद बराल, उपप्रमुखमा जीवन शर्मा ढुङ्गानालाई चयन गरेको छ भने सदस्यमा काजीमान कागते, याम अधिकारी, धनबहादुर गुरुङ, डा. देवी दुलाल र सञ्जीप राई रहेका छन् । उद्योग तथा वाणिज्य विभागको प्रमुखमा भोजप्रसाद खतिवडा र उपप्रमुख नरेश तामाङलाई जिम्मेवारी तोकिएको छ ।

यस्तै, पार्टीको उपभोक्ता हित तथा आपूर्ति विभागको प्रमुखमा शोभा पराजुली र उपप्रमुखमा गीताराम रसाइलीलाई तोकिएको छ । कृषि तथा भूमिसुधार विभागको प्रमुखमा टेकबहादुर राई र उपप्रमुखमा राम सञ्जेल रहेका छन् । कोष तथा आर्थिक व्यवस्थापन विभागको प्रमुखमा नरेन्द्रनाथ भट्टराई र उपप्रमुखमा धीरेन चेम्जोङ रहेका छन् ।

बैठकले खानेपानी तथा सरसफाइ विभागको प्रमुखमा शान्ता बस्नेत र उपप्रमुखमा मनराज जबेगुलाई चयन गरेको छ । यस्तै, जलस्रोत, सिँचाइ तथा ऊर्जा विभागको प्रमुख उदय राई र उपप्रमुख विक्रम लिम्बू रहेका छन् ।

निर्वाचन विभागको प्रमुखमा जसबहादुर लुङ्गेली र उपप्रमुखमा पोष्टराज लामिछाने, न्याय, कानुन तथा मानवअधिकार विभागको प्रमुखमा देवेन्द्रकुमार विश्वकर्मा र उपप्रमुखमा अशोक प्रधान, पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयायन विभागको प्रमुखमा आरबी राई र उपप्रमुखमा कुविरमान राई, प्रचार तथा प्रकाशन विभागको प्रमुखमा नवराज शङ्कर र उपप्रमुखमा प्रकाश परियार, पार्टीको स्कुल विभाग प्रमुखमा तेजबहादुर राई र उपप्रमुखमा शिखरनाथ सापकोटा, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागको प्रमुखमा अनिल बराइली र उपप्रमुखमा अरुण बराल तथा पार्टीको युवा तथा खेलकूद विभागको प्रमुखमा उमेश गुरुङ र उपप्रमुखमा राजकुमार थापा रहेका छन् ।

सचिवालय बैठकले पार्टीको वन तथा वातावरण विभागको प्रमुखमा ओमनारायण खनाल र उपप्रमुखमा जनम खम्बु, शिक्षा तथा मानवस्रोत विभागको प्रमुखमा श्यामकृष्ण घिमिरे र उपप्रमुखमा गञ्जबहादुर प्रधान, श्रम तथा रोजगार विभागको प्रमुखमा दीपक सिञ्चुरी र उपप्रमुखमा रवीन्द्र सुवेदी, सङ्गठन विभाग प्रमुखमा भक्त केसी र उपप्रमुखमा धनकुमार राई, सहकारी तथा गरीबी निवारण विभागको प्रमुखमा कृष्णप्रसाद श्रेष्ठ र उपप्रमुखमा ताराबाबु सुवेदी, शहरी विकास विभागको प्रमुखमा छविलाल आचार्य र उपप्रमुखमा सुरेशकुमार नेम्बाङ तथा साहित्य, कला तथा संस्कृति विभाग प्रमुखमा याम राई र उपप्रमुखमा सन्धिभक्त शङ्करलाई नियुक्त गरेको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV