बहराइनमा यसरी मनाइयो २५औं विश्व आदिवासी दिवस


SHARES

बहराइन । नेफिन बहराइनको मुल आयोजना तथा सम्बद्ध ६ जातीय संस्थाको सह आयोजनामा राष्ट्रिय कलाकार श्रेयासी चेम्जङ तथा नेलिमा थापा मगरको साथमा विभिन्न जातीय मौलिक पहिचान झल्कने संस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको छ ।

गत शुक्रबार भएको कार्यक्रममा आमन्त्रित सामाजिक संघ संस्थाका प्रतिनिधि तथा दर्शकको उल्लेख्य उपस्थिति थियो ।

संगीतिक कार्यक्रममा राष्ट्रिय कलाकार तथा स्थानीय ६ जातीय संस्थाको प्रस्तुति रहेको थियो । राष्ट्रिय कलाकारका साथमा जातीय संस्थाका कलाकारद्वारा आ आफ्नो मौलिक पहिचान झलकाउने नृत्यको धमाकेदार प्रस्तुतिमा दर्शक, श्रोतालाई भरपुर मनोरञ्जन लिएका थिए ।

कार्यक्रममा नेफिन बहराईनका अध्यक्ष झहर मान थेबे, महासचिव मिलन राई, नेपाली दूतावास बहराईनका राजदूत पदम सुन्दास, नेपाली क्लब बहराईनका अध्यक्ष कमल श्रेष्ठ, गैर आवासीय नेपाली संघ समन्वय समिति बहराइनकी अध्यक्ष लक्ष्मी गिरी, समाजसेवी गम गुरुङ तथा दुर्गा गिरी लगायतको उपस्थिति थियो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV