प्रधानमन्त्री ओलीले सलामी ग्रहण गरेनन्: स्वास्थ्यबारे भने, 'केही दिनमा थाहा पाइहाल्नु हुन्छ'



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्किदा नेपाली सेनाले दिने सलामी ग्रहण अस्वीकार गरेका छन् ।

आफू स्वास्थ्य उपचारका लागि गएको र आफ्नो भ्रमण अनौपचारिक भएकाले सलामीको आवश्यता नभएको भन्दै उनले नेपाली सेनाको सलामी ग्रहण नगरेका हुन् ।

विदेश भ्रमणबाट स्वदेश फर्किदा प्रधानमन्त्रीले पत्रकारलाई प्रतिक्रिया दिने प्रचलन पनि उनले अस्वीकार गरे । 

प्रतिक्रियाका लागि विमानस्थल पुगेका पत्रकारले स्वास्थ्य अवस्थाका विषयमा जानकारी दिन आग्रह गरेका थिए । 'केही दिनमा थाहा पाइहाल्नु हुन्छ'  भन्दै उनी विमानस्थलबाट बाहिरिए ।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न भने सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा नेता बामदेव गौतम र सुवास नेम्वाङलगायत मन्त्री तथा अन्यनेताहरु विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्री ओली थाइ एयरबाट काठमाडौं आएका हुन् । यसअघि गत शुक्रबार फर्कने कार्यक्रम बनाइए पनि आइतबार फर्कने बताइएको थियो ।

तर विभिन्न परीक्षणको रिपोर्ट आउन ढिला भएपछि प्रधानमन्त्री ओली फर्किने समय फेरि सरेको थियो ।

मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दै आएका छन् ।

स्वास्थ्य परीक्षणका रिपोर्टहरु सबै राम्रो देखिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV