पूर्वकर्मचारीको सुसाइड नोट– ‘दुई पैसा खाएको छैन, ठूलो भ्रष्टाचारी भएँ’


SHARES

उदयपुर । उदयपुरका हरि आचार्य त्रियुगा नगरपालिका–९ स्थित जंगलमा आइतबार झुण्डिएको अवस्थामा फेला परे । आचार्य पूर्वकर्मचारी हुन् ।

उनीमाथि भ्रष्टाचार मुद्दा लागेको थियो । सोही कारण उनी निलम्बनमा पनि परेका थिए । अदालतबाट मुद्दा खारेजी भइसकेको अवस्थामा अख्तियारले पुनः विशेष अदालतमा मुद्दा दर्ता गरेको भन्दै लेखिएको उनको सुसाइड नोट पनि भेटिएको प्रहरीले जनाएको छ ।

उनले सुसाइड नोटमा आफूले दुई पैसा नखाएको उल्लेख गरेको बताइएको छ । ‘सतीले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन्,’ उनको सुसाइड नोट उदृत गर्दै स्रोतले भन्यो, ‘तर देशको ठूलो भ्रष्टचारी भएँ ।’

आचार्यले लेखेको भनिएको सुसाइड नोटमा अख्तियार प्रमुखको लामो आयुको कामना गरेका छन् । साथै आफ्नो सुसाइड नोटमा आचार्यले घरपरिवारका लागि पनि सन्देश दिएका छन् । उनले कुन कुन बैंकमा पैसा छ, जस्ता कुरा परिवारलाई उक्त सुसाइड नोटमा भएको बताइएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV