समृद्ध मुलुकका लागि एक हुन उपप्रधानमन्त्री पोखरेलको आह्वान


SHARES

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार केन्द्रित रहेको दावी गरेका छन् ।

उपप्रधानमन्त्री पोखरेलले ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई पूरा गराउने कार्यमा क्रियाशील हुन युवाहरुलाई आह्वान गरे ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकारले पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउन चाहेको दाबी गरे । त्यसका लागि युवाहरुले पनि सक्रियतापूर्वक योगदान पु¥याउनुपर्ने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ । उपप्रधानमन्त्री पोखरेलले सरकारले मुलुकको समृद्धिका लागि ऊर्जा क्षेत्रको विकासमा पनि विशेष जोड दिएको बताएका छन् ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले राष्ट्र निर्माणको अभियानमा सहभागी हुन युवाहरुलाई आग्रह गरे । युवाहरुले मुलुकको समृद्धिका लागि आफूलाई सक्षम रहेको पुष्टि गरिसकेको उल्लेख गर्दै उनले अब कामै गरेर देखाउनुपर्ने आवश्यक्ता रहेको बताए ।

मन्त्री विश्वकर्माले युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सरकार लागि परेको दावी पनि गरे ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV