फोनिज इलामका निवर्तमान सहसचिव लिम्बु सम्मानित



इलाम । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले फोनिज स्थापना दिवसको अवसरमा निवर्तमान सहसचिव दिलकुमार लिम्बुलाई सम्मान गरेको छ ।

फोनिज २० औं स्थापना दिवसको अवसरमा जिल्ला समिति इलामको निर्वमान सहसचिव लिम्बुलाई सम्मान गरेको हो । फोनिजका संघीय प्रतिनिधि समेत रहेका लिम्बु नेपाल सरकार राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा)मा उत्तीर्ण भई पत्रकारिताबाट बिदा भएका छन् । करिब आधा दशकसम्म पत्रकारिता क्षेत्रमा क्रियाशील उनले इलाम एफएम र इलाम पोष्ट दैनिकमा काम गरेका थिए ।

यसैबीच स्थापना दिवसको अवसरमा ‘संवैधानिक व्यवस्था र मिडियामा समावेशी अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ । फोनिज इलामका सल्लाहकार एव नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फोनिज इलामका अध्यक्ष राम योङहाङले संवैधानिक व्यवस्था र मिडियामा समावेशी अवस्था विषयक छलफलपत्र प्रस्तुत गरेका थिए ।

छलफलपत्रमा समावेशीकरणको संवैधानिक व्यवस्था र इलामका सञ्चार माध्यममा समावेशीकरणको अवस्थाबारे जानकारी दिइएको छ । इलामका ११ वटा सञ्चार माध्यममा कार्यरत जनशक्तिमा समावेशीकरणको अवस्था र दुई वटा दैनिक पत्रिकामा प्रकाशित समाचारमा समावेशीकरणको अवस्था विश्लेषण गरिएको थियो ।

जसअनुसार ११ वटा सञ्चार माध्यममा कार्यरत ९२ जनामध्ये ४२ जना अथवा ४६ प्रतिशत आदिवासी रहेको पाइएको छ । त्यस्तै, एक सातामा दुईवटा दैनिक पत्रिकामा प्रकाशित ९८ वटा समाचारमा सात वटा आदिवासी जनजातिसम्बन्धी, १० वटा महिला सम्बन्धी र २ वटा दलितसम्बन्धी रहेका छन् । यो तथ्याङकअनुसार ११ प्रतिशत समाचारमा मात्र आदिवासी जनजातिको मुद्दाले स्थान पाएको देखिएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV