'कबड्डी कबड्डी कबड्डी'को शीर्ष गीत सार्वजनिक



काठमाडौं । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को शीर्ष गीतसार्वजनिक भएको छ ।

कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको स्वर र शब्द रहेको गीतमा बैजु कर्मचार्यको निर्देशन छ । संगीत सन्‍नी सुमनले दिएका छन् ।

असोज ३ गते रिलिज हुने चलचित्रमा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको पटकथा रहेको छ । शैलेन्द्र डी कार्कीले छायाँकन गरेका चलचित्रको सुरेन्द्र पौडेलले सम्पादन गरेको हुन् ।

चलचित्रमा दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, बुद्धि तमाङ, विल्सन विक्रम राई, विजय बराललगायतको मुख्य भूमिका छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV