५३ मुलुकको रोमिङ शुल्कमा छुट



काठमाडौं । नेपाल टेलिकमले विभिन्न ५३ मुलुकका ९९ सेवा प्रदायकसँगको रोमिङ सेवा शुल्कमा छुट दिएको छ ।

टेलिकमले ८७ वटा मुलुकका १ सय ९२ दूरसञ्चार सेवा प्रदायक कम्पनीसँग सहकार्य गरी ती देशमा जाँदा रोमिङ सेवा प्रयोग गर्न सकिने सुविधा दिएको छ ।

टेलिकमले जीएसएम मोबाइल रोमिङ सेवामा यो सहुलियत प्रदान गरेको हो । सन् २००१ बाट पोस्टपेड र गत बैशाखदेखि प्रिपेड मोबाइलका ग्राहकलाई यो सुविधा दिएको छ ।

अन्नपूर्ण पोष्ट दैनिकमा समाचार प्रकाशित छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV