'राजनैतिक विचारसहितको सामाजिक आन्दोलन आवश्यक छ'



जापान । नेपाल आदिबासी जनजाति महासंघका केन्द्रिय उपाध्यक्ष नवीन रोका मगरले राजनैतिक चेतना बिना सामाजिक आन्दोलन ठीक ठाउमा पुग्न नसकिने भएकोले अब राजनैतिक बिचार सहितको आनेदोलन गर्न जरुरी रहेको बताउनुभएको छ ।

नेफिन जापानले २५ औं विश्व आदिबासी जनजाति दिवसको अबसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै आदिबासी जनजातिहरुबीच राजनैतिक बिचारको रुपमा विविधता रहे पनि आदिबासी जनजातिको मुद्दामा एक हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा उपस्थित अधिकांश वक्ताहरुले आदिबासी जनजातिहरु एक जुट नभए सम्म माग र मुद्दाहरु सम्बोधन हुन नसक्ने बताएका थिए ।

कार्यक्रममा महासंघका अध्यक्ष सुमन लेछर्बो लिम्बु, महासचिव शान्त पहरी, पेम्बा शेर्पालगायतको उपस्थिति थियो ।

कार्यक्रममा जापानमा रहेका बिभिन्न सामाजिक संस्था, जातिय संस्थाहरुको प्रतिनिधि, व्यवसायी, विद्यार्थी तथा पत्रकारको उपस्थिति थियो ।

यसैबीच कार्यक्रममा जापानमा रहेर कलम चलाउँदै आएका पत्रकारद्वय सजिना मोक्तान र फुर्वा शेर्पालाइ प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV