विश्व शान्तिको कामना गर्दै पोर्चुगलमा जलधारा महायज्ञ



पोर्चुगल । विश्व शान्तिको कामना गर्दै युरोपेली मुलुक पोर्चुगलमा वेदान्तिक जलधारा महायज्ञ सम्पन्न भएको छ ।

द टुथ लभ अफ लिभिङ फाउण्डेसनको आयोजना तथा सत्य सनातन धर्मका प्रवद्र्धक एक नेपाली योगीको पहलमा सोमबार राजधानी लिस्बनको अल्जेसस्थित समुद्री किनारमा वेदान्तिक जलधारा महायज्ञ सम्पन्न भएको हो ।

महायज्ञमा विधि विधानसहित मन्त्रोचारण गर्दै ऋग्वेदको पाठ, देवीदेउताको पूजा, पृथ्वी, जल, वायु, आकाशलगायत विश्व शान्तिको कामना गरिएको योगी श्रीओम सूर्य शिवले जानकारी दिए ।

यस्तै जनैपूर्णिमाको अवसर पारेर विहीबारका दिन लिस्बनको आन्जुसमा शिव पूजा, पाञ्चायन पूजा, जनै प्राण प्रतिष्ठा गरिने र भक्तजनलाई जनै लगाइदिने तथा प्रसाद वितरणको कार्यक्रम रहेको उनले बताए ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV