बाढीबाट बच्न घरको छानामा चढ्यो गोही, भिडियो भयो भाइरल (भिडियो)



एजेन्सी । अहिले वर्षाको मौसम छ । नेपालको तराई क्षेत्रमा केही समय पहिले डुबानको समस्या निम्तिएको थियो । डुवानका कारण नेपालमा व्यापक जनधनको क्षति भएको थियो । यद्यपी अहिले पनि वर्षाबाट नेपालले पूरै मुक्ति पाइसकेको छैन । तर, अवस्था केही सुधारोन्मुख छ ।

यो समस्या अहिले भारतमा छ । भारतमा वर्षा र डुवानका कारण जनजीवन प्रभावित बन्न थालेको छ । डुवानका कारण जनजीवन त प्रभावित बनेको छ नै जलचरहरु पनि यसबाट प्रभावित बनेका छन् ।

भारतको कर्णाटकमा वर्षा र डुवानका कारण एउटा गोही घरको छानामा चडेको थियो । जब जलचर नै बाढी र डुबानबाट बँच्नका लागि घरको छानामा चढ्छ भने जनजीवन कुन रुपमा प्रभावित भएको होला ? अनुमान लगाउन मुस्किल छ ।

बाढीबाट बँच्नका लागि घरको छतमा गोही चढेको भिडियो अहिले भाइरल भइरहेको छ । भिडियोमा कर्णाटकको बेगलाममा बाढीका कारण गोही घरको छानामा चढेको दृष्य देख्न पाइन्छ ।

त्यसो त जुन घरको छानामा गोही चढ्यो त्यो घर पनि डुबेको थियो । छानोमात्र डुब्न बाँकी थियो । यस्तैमा बाढीबाट आहत बनेको गोही घरको छतमा चढ्यो ।

यो घटना यही आइतबार भएको मानिएको छ । कसैले टाढाबाट उक्त भिडियो खिचेको थियो । उक्त भिडियो अहिले भारतीय मिडियामा चर्चाको विषय बनेको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV