८० प्रतिशत व्यक्तिको बिरामीको कारण अफिस, १६ प्रतिशतको मृत्यु !


SHARES

एजेन्सी । अष्ट्रेलियामा हरेक पाँच जनामा चार जना कामकाजी व्यक्ति कामकै कारण बिरामी हुने गरेको पाइएको छ । हालै गरिएको एक सर्वेक्षणअनुसार अफिसकै कारण ८० प्रतिशत व्यक्ति बिरामी हुने गरेका छन् । त्यसमा १६ प्रतिशतको मृत्युको कारण पनि अफिस बन्ने गरेको तथ्य सार्वजनिक भएको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाको एक प्रतिवेदन अनुसार ‘वर्क शुडन्ट हर्ट’ नामक सर्वेक्षणलाई अष्ट्रेलियन काउन्सिल अफ ट्रेड युनियनले सार्वाजनिक गरेको हो । सर्वेक्षणमा २६ हजार कामदार सहभागि भएका थिए ।
सर्वेक्षणअनुसार ८० प्रतिशत व्यक्ति आफ्नो कामका कारण शारीरिक वा मानसिक रुपमा समस्यामा पर्ने र बिरामी हुने गरेका छन् । १६ प्रतिशत व्यक्तिले कामका कारण हुने बिरामी, दुर्घटना वा कामसँग जोडिएका अन्य रोगका कारणले ज्यान गुमाउने गरेका छन् ।

४७ प्रतिशत व्यक्तिले पछिल्लो एक वर्षमा कामका क्रममा संकटपूर्ण या दर्दनाक अवस्थाको सामना गरेको र ३१ प्रतिशतले सहकर्मीबाट विभिन्न प्रकारका दुव्र्यवहार, धम्की वा कुटपीट भएको बताएका छन् ।
हरेक पाँच जनामा तीन जना कामदारले पछिल्लो १२ महिनामा खराब मानसिक स्वास्थ्य अवस्थाको सामना गरेको बताएका छन् ।

युनियनका सहायक सचिव लियाम ओब्रायनले कामको क्रममा कुनै पनि प्रकारको समस्या हुनु लगत भएको बताएका छन् ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV