सन्दीप लामिछानेलाई अमेरिकी दूतावासद्वारा भिसा दिन अस्वीकार !


SHARES

काठमाडौं । नेपाली चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ ।

२१ अगष्टदेखि सुरु हुने क्यारेबियन प्रिमियर लिग (सिपिएल)-२०१९मा सहभागिताका लागि उनले भिसा आवेदन दिएका थिए । तर अमेरिकी दूतावासले आफूलाई भिसा नदिएको लामिछानेले जानकारी दिए ।

लामिछाने आज बिहान महाराजगञ्जमा रहेको अमेरिकी दूतावास पुगेका र उनलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो ।

भिसा नदिएपछि सन्दीपले ट्वीट मार्फत आफू आश्चर्यमा परेको प्रतिक्रिया दिएका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV