घरजमको टिजर सार्वजानिक (भिडियो)



काठमाडौं । मौसम ईम्बुङ लिम्बुको निर्देशनमा बनेको चलचित्र ‘घरजम’को टिजर र पोष्टर सार्वजनिक भएको छ । सोमबार हङकङमा आयोजित कार्यक्रममा टिजर र पोष्टर सार्वजनिक गरिएको हो ।

कार्यक्रममा निर्देशक मौसम इम्बुङले चलचित्र निर्माण गर्ने सोच हङकङबाटै आएको, लगानी पनि हङकङबाटै भएको र घरजमको टिजर, पोष्टर पनि त्यहीँबाट सार्वजनिक गरिएको बताए ।

निर्माता किशोर पन्धाकले नेपाली समाजको सामाजिक, सांस्कृतिक पक्षलाई समेटर चलचित्र निर्माण गरिएको बताए ।

पूर्वी नेपालको जनजीवन समेटेर निर्माण गरिएको चलचित्रमा साहित्यकार उपेन्द्र सुब्बाको कथा संग्रह ‘लाटो पहाड’मा रहेको कथाको केही अंश समेटेर बनाइएको निर्देशक इमबुङले बताए । घरजम पाँचथरको याङ्वरक र ललितपुरमा छायाँकन गरिएको छ ।

चलचित्रमा सिर्जना सुब्बा, बुद्धि तामाङ, यासेली योङहाङ, शैलेन्द्र थेबे, कुशल थलङ, सुष्मा लिम्बु, किशोर पन्धाक, सीता तुम्बापो पन्धाक, हेमराज अन्छङ्बो, बबिता फोम्बो, इसिका जबेगु, जीवन भट्टराई, भरतमणि पौडेल, प्रेम ओझा, कुमार ढकाल, सागर केरुङ, घटिका थेबे लगायतको अभिनय छ ।

आशिष तावा र नुनाम केरुङले संयोजन गरेको चलचित्रमा मुख्य सहायक निर्देशक रवि सेर्मा, कोरियोग्राफर दिनेश माङ्मु, छायाँकन युवराज राई, श्रृङ्गार विनोद तामाङ, कास्टिङ डाइरेक्टर सिर्जना सुब्बा, कला निर्देशक शैलेन्द्र थेबे र प्रोडक्सन म्यानेजर विमल धमला छन् ।

रोमियो फिल्म्स् प्रा.लि.को ब्यानरमा निर्मित चलचित्र घरजम आगामी सेप्टेम्बर १५ मा हङकङस्थित वाम्पो गोल्डेन हार्वेस्ट सिनेमा हलमा ग्राण्ड प्रिमियर गरिने निर्देशक इम्बुङले जनाकारी दिए ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV