पत्रकार पुडासैनीको मोबाइल रिकभर, रविलाई लागेको दुरुत्साहनको आरोप के हुन्छ ?


SHARES

 

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानमा जुटेको प्रहरीले उनको मोबाइलका डिलेट भएका सबै म्यासेज, अडियो, भिडियो र तस्बिरसमेत रिकभर गरेको छ ।

पुडासैनीको मोबाइलबाट पठाइएका र प्राप्त भएका सबै टेक्स, अडियो-भिडियो र कलको विवरणका विषयमा नेपाल प्रहरीको केन्द्रीय डिजिटल ल्याबमा परीक्षण भैरहेको छ ।

चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले नेपाल प्रहरीको ल्याबबाट प्राप्त हुने विवरणका आधारमा घटनाको अनुसन्धान गरिने बताए । उनले भने, 'मोबाइलबाट भएका सबै गतिविधि रिकभर हुन्छ । अडियो-भिडियो, टेक्स, भ्वाईस सबै विवरण प्राप्त भएपछि हामीले अध्ययन गर्छौं । अनुसन्धानकै क्रममा भएकाले अहिलेसम्मको अनुसन्धानको विवरण सार्वजनिक गर्न मिल्दैन ।'

'मोबाइलबाट भएका सबै गतिविधि रिकभर हुन्छ । अडियो-भिडियो, टेक्स, भ्वाईस सबै विवरण प्राप्त भएपछि हामीले अध्ययन गर्छौं । अनुसन्धानकै क्रममा भएकाले अहिलेसम्मको अनुसन्धानको विवरण सार्वजनिक गर्न मिल्दैन ।'

नेपाल प्रहरीको केन्द्रीय ल्याबले मोबाइलका सबै कुराहरु रिकभर गरिसकेको छ । ल्याबले मोबाइलका, म्यासेज, कल डिटेल्स, अडियो, भिडियो र तस्बिरसमेतको अध्ययनपछि अबको एक दुई दिन भित्र प्रतिवेदन जिल्ला प्रहरी कार्यालय चितवनलाई पठाउने छ ।

नेपाल प्रहरीले आत्महत्या दुरुत्साहन हो वा होइन भन्ने विषयमा अनुसन्धान केन्द्रित गरेको छ । ल्याब परीक्षणको प्रतिवेदनको अध्ययनपछि मात्र चर्चित सञ्चारकर्मी रवि लामिछानेले टर्चर दिएको वा नदिएको भन्ने विषय टुंगो लाग्नेछ । डिजिटल ल्याबमा पुडासैनीले आरोप लगाएका लामिछानेसँगको च्याट, अडियो र भिडियोको विषयमा सुक्ष्म अध्ययन भैरहेको छ ।

आत्महत्याको कारण लामिछानेको टर्चर भएको आरोप मोबाइलमा फेला परेको भिडियो रिपोर्टमा छ । पुडासैनीको मोबाइलमा फेला परेको अडियोभिडियो र च्याटको विस्तृत अध्ययनका लागि जिल्ला प्रहरी कार्यालय चितवनले मोबाइल काठमाडौंमा रहेको नेपाल प्रहरीको डिजिटल ल्याबमा पठाएको थियो ।


टेक्निकल अध्ययन काठमाडौंमा भएपनि घटनाको अनुसन्धान भने जिल्ला प्रहरी कार्यालय चितवनले नै गर्नेछ । पुडासैनीको आत्महत्या प्रकरणमा चर्चित सञ्चारकर्मी लामिछानेमाथि आत्महत्याका लागि दुरुत्साहनको आरोप लागेको छ ।

मोबाइलमा फेला परेका सन्देशमा एक महिलाका विषयमा पत्रकार लामिछाने र दीपक बोहराले धेरै नै टर्चर दिएको आरोप छ ।

ती महिलालाई विवाह गर्न बाध्य पार्ने वा बलात्कार गरेको आरोप लगाउने धम्की दिएपछि आफूले आत्महत्या गरेको पुडासैनीको भिडियो सन्देशमा रहेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताएका छन् ।

तर पत्रकार लामिछानेले आफ्नो कारणले उनले आत्महत्या नगरेको दावी गरेका छन् ।  पुडासैनीको मोबाइलमा रेकर्ड गरिएका दुई वटा ८ मिनेट र ३ मिनेटका रिपोर्ट फेला परेको थियो ।

पत्रकार पुडासैनी साउन २० गते सोमबार चितवनको नारायणगढस्थित होटेल कङ्गारुमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।

दुई महिना अघिसम्म न्युज २४ मा कार्यरत पत्रकार पुडासैनी केही दिनदेखि माउन्टेन टेलिभिजनका कार्यरत थिए ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV