शेर्पा पर्यटन व्यवसायी संघको प्रथम अधिवेशन साउन ३१ मा



काठमाडौं । शेर्पा पर्यटन व्यवसायीहरुको संगठन शेर्पा पर्यटन व्यवसायी संघ नेपालको प्रथम अधिवेशन सायन ३१ गते शुक्रबार हुने भएको छ ।

पर्यटन उद्यममा लागेका शेर्पाहरुलाई एकरुपता ल्याउने उदेश्यसहित पर्यटन व्यवसायी सोनाम ग्याल्जेन शेर्पाको संयोजकत्वमा सन् २०१७ मा सुरु गरिएको हो ।

संघले शेर्पा समुदायका पर्यटन व्यवसायीको हकहितका लागि सरोकारवाला निकायसँग सहकार्य गर्ने काम गर्दै आईरहेको छ ।

पर्यटन क्षेत्रमा सक्रिय रहेका शेर्पा समुदायलाइ गोलबद्ध गराई मुलुककै विकासमा टेवा पुर्याउने संस्थाको मुख्य उद्देश्य रहेका संघका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिए ।

हिमाल आरोहण र पथप्रदर्शकमा शेर्पाहरुको पहुँच र प्रयोग बढि छ । विश्वले सम्मान गर्ने शेर्पालाई राज्यले सम्मान गर्न नसकेको आज पनि भरियाको नजरमा हेर्ने क्रम जारी छ । सबै व्यवसायीहरु गोलबद्ध भई आफ्नो हक अधिकार स्थापनाका लागि पनि संघको परिकल्पना गरिएको उनको तर्क छ ।

पछिल्लो समय नेपालको पर्यटन क्षेत्र धरासायी बन्दै गएको छ । जसका कारण पर्यटन क्षेत्रबाट व्यवसायीक र प्रतिष्ठित शेर्पाहरु समेत पलायन हुने अवस्थामा पुगेको छ । दोस्रो पुस्ताका शेर्पाहरु पर्यटन क्षेत्रबाट नै विस्थापित हुने आशंका छ ।

त्यसैले नयाँ व्यवसायी वा पेशामा लाग्न चाहाने शेर्पाहरुलाई संस्थामार्फत सहजीकरण वृद्धि विकास सहित नेपालको पर्यटन क्षेत्र विश्वकै उत्कृष्ट गन्तव्य पर्यटन क्षेत्र बनाउने प्रमुख लक्ष्य संस्थाको रहेको अध्यक्ष शेर्पाको भनाई छ । संस्थाको प्रथम अधिवेशनसँगै नेपाली पर्यटनको दिगो विकास र प्रवद्र्धनका लागि पर्यटन क्षेत्रको एउटा आधार शेर्पाहरु समूहगत रुपमा नै लाग्ने रहेको आयोजकले जनाएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV