बढे बलात्कारका घटना, बाबुबाटै छोरीको बलात्कार


SHARES

कैलाली । कैलालीमा बलात्कारका घटना पनि शृङ्खलाबद्धरूपमा बढ्दै गएका छन् । पछिल्लो केही वर्षयता बलात्कारका घटनासम्बन्धी उजुरी बढ्न थालको कैलाली प्रहरीले जनाएको छ ।

पछिल्लो तीन वर्षयता कैलालीमा बुबाबाटै छोरीसम्म बलात्कृत हुन पुगेकी छन् । यो अवधिका सामूहिक बलात्कार र बलात्कारको प्रयासका घटना बढेको कैलाली प्रहरीले जनाएको छ ।

कैलाली प्रहरीका अनुसार आव २०७३/७४ मा ३० बलात्कार र ८ बलात्कार प्रयासका मुद्दा दर्ता भएकामा आव २०७४/७५ मा ४१ बलात्कार र २५ बलात्कारको प्रयाससम्बन्धी मुद्दा परेका छन् ।

बलात्कारका घटना बढ्दै भइरहेका छन् । आर्थिक वर्ष २०७५/७६ मा ८२ बलात्कार र ३७ बलात्कारको प्रयाससम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV