आपराधिक घटना नियन्त्रणमा लागुऔषध मुख्य चुनौती


SHARES

कैलाली । पछिल्लो समय बढिरेका अपराधका घटना न्यूनीकरण गर्न लागुऔषध मुख्य चुनौती रहेको प्रहरीले बताएको छ ।

यो कुरा पछिल्लो समय लागुऔषध प्रयोग तथा ओसारपसारको अखडा बन्दै जानुले पनि पुष्टि गरेको प्रहरीको दाबी छ । खुला सिमाना र सहज उपलब्धताका कारण दिन प्रतिदिन प्रयोगकर्ताको संख्या बढ्दै गएको प्रहरीले जनाएको छ ।

लागुऔषधकै कारण कैलालीमा जघन्य अपराध भइरहेको छ । लागुऔषध प्रयोगकर्ता नै हत्या, हिंसा, बलात्कार, चोरी–डकैतीजस्ता क्रियाकलापमा संलग्न हुने गरेको कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले बताए ।

पछिल्लो समय लागुऔषध प्रयोग तथा ओसारपसारमा महिलाको संग्लग्नता बढ्दै गइरहेको कैलाली प्रहरी प्रमुख गिरीले दाबी गर्नुभयो । लागुऔषधको दलदलमा फसेका युवतीले नै देहव्यापारदेखि अन्य किसिमका अपराधका घटना बढाउने गरेको उनको भनाइ छ । यसको नियन्त्रणका लागि सुरक्षा रणनीति मजबुत बनाइएको उनको दाबी छ ।

आव २०७४/७५ मा जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएका ७१ लागुऔषधसम्बन्धी मुद्दामा १०८ जनालाई प्रक्राउ गरिएकामा आव २०७५/७६ मा दर्ता भएका ८७ मुद्दामा ११७ लाई पक्राउ गरिएको कैलाली प्रहरी प्रमुख गिरीले बताए । चालू आव २०७६/७७ को साउन १३ गतेसम्म लागुऔषधसम्बन्धी परेका पाँच मुद्दामा पाँचजनालाई पक्राउ गरेको उनले जानकारी दिए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV