एनआइसी एसिया र भन्सार विभागबीच सम्झौता


SHARES

काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेड र भन्सार विभागबीच कञ्चनपुर भन्सार कार्यालय परिसरमा बैंकको काउण्टर स्थापना गर्ने सम्झौता भएको छ ।

गड्डाचौकीस्थित कञ्चनपुर भन्सार कार्यालय परिसरमार स्थापन हुने काउण्टरबाट भन्सार कार्यालयको कारोबारका साथै भन्सारमा आउने सेवाग्राहीले थप सुविधा प्राप्त गर्न सक्ने बैंकले विश्वास लिएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र भन्सार विभागका तर्फबाट विभागका महानिर्देशक रामेश्वर दंगालले हस्ताक्षर गरेका छन् ।

नेपाल सरकारको भन्सार तथा राजस्व कार्यालयहरुमा नगदरहित कारोबारको सुनिश्चितता गर्ने उद्देश्यमा सहकार्य गर्दै यस एनआइसी एसिया बैंकले विभिन्न भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालयलगायत राजस्व संकलन हुने अन्य कार्यालयहरुमा विस्तारित काउन्टर खोली आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले जानकारी दिएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV