सन्दीपले पाए अमेरिकाको भिसा



काठमाडौं । अमेरिकी दूतावासले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा दिएको छ ।

सन्दीपलाई मंगलबार बिहान महाराजगन्जस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो ।

२१ अगष्टदेखि सुरु हुने क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०१९मा सहभागि हुन उनले भिसा आवेदन दिएका थिए । तर अमेरिकी दूतावासले आफूलाई भिसा नदिएको लामिछानेले ट्वीट मार्फत जानकारी दिएका थिए ।

भिसा नदिएपछि आफू आश्चर्यमा परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलाई मेन्सर गर्दै ट्वीट गरेका थिए ।

त्यसको केही समयपछि अमेरिकी दूतावासले सन्दीपलाई फेरि दूतावासमा बोलाएको थियो । दूतावास बोलाएर सन्दीपलाई दूतावासले भिसा दिएको हो ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV