अर्घाखाँचीमा श्रीमानले खुकुरी हाने : श्रीमती, सालो र सासु गम्भीर घाइते


SHARES

सन्धिखर्क । अर्घाखाँचीको भूमिकास्थानमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीसहित तीनजना गम्भीर घाइते भएका छन्। भूमिकास्थान नगरपालिका-६, खमारीबासका २७ वर्षीय चिरन घर्तीले गएराती भूमिकास्थान नगरपालिका-८, लम्चीमा रहेको ससुराली घरमा आएर खुकुरी प्रहार गरेका हुन्।

खुकुरी प्रहारबाट चिरनकी श्रीमती १८ वर्षीया गीता, ४३ वर्षीया सासु भूमकला क्षेत्री र ११ वर्षीय सालो अर्जुन क्षेत्री गम्भीर घाइते भएको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

घाइतेको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ । पहिलेदेखि घरमा झगडा हुन थालेपछि चिरनकी श्रीमती माइतमा बस्दै आएकी थिइन्। घटनापछि चिरन फरार छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV