पाकिस्तानी अरबपतिको विवाहमा मीका सिंह, कमेन्ट आयो 'गद्दार' (भिडियो)



एजेन्सी । भारतको संविधानबाट अनुच्छेद ३७० खारेज गरेपछि विवादको स्थिति सिर्जना भएको छ । यसको असर वलिउडमा पनि परेको छ ।

पाकिस्तानले भारतीय फिल्ममाथि प्रतिवन्ध लगाउने निर्णय गरिसेको छ ।

यसैबीच, भारतका चर्चित गायक मीका सिंहको पाकिस्तानमा भएको प्रस्तुतीलाई लिएर विवादमा तानिएका छन् ।

सामाजिक सञ्जालमा मीकाको भिडियो निकै भाइरल भइरहेको छ । मीकाले कराचीमा पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रपको आफन्तको विवाहमा गीत गाउन पुगेका थिए ।

मीकाको उक्त विवाहमा सहभागी भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्दै गएको हो । यस भिडियोमा विभिन्न खाले प्रतिक्रिया आएका छन् ।

भिडियोमा प्रतिक्रिया दिँदै मीकालाई गद्दार र लाज मान जस्ता कडा शब्दबाट आलोचना गरिरहेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ता भन्छन्, पाकिस्तान भारतलाई देख्न चाहँदैन । तर तपाइँ त्यहीँ पुगेर गीत गाइरहनुभएको छ ।

यस्तो किन गरेको ?

एक यूजरले प्रतिक्रिया दिएका छन्, सबथोक दिएको छ यो देश (भारत) को माटोले तर फेरि तपाइँले यस्तो किन गरेको ?

पासपोर्ट क्यान्सील

अर्का प्रयोगकर्ताले लेखेका छन्, यीनको पासपोर्ट क्यान्सील गर्नुपर्छ । मीकालाई पाकिस्तानमै रहन दिउँ ।

१५०,००० डलर

मिडिया रिपोर्टका अनुसार, मीका सिंह अरबपतिको वैवाहिक समारोहमा गीत गाएबापत १५०,००० अमेरिकी डलर लिएका छन् । यस विषयमा मीकाले कुनै जवाफ दिएका छैनन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV