पवन चाम्लिङ नेतृत्वको एसडिएफका १० विधायक भाजपा प्रवेश


SHARES

काठमाडौं । सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङ नेतृत्वको सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडिएफ)बाट सिक्किम विधानसभामा निर्वाचित १० विधायक भारतीय जनता पार्टी प्रवेश गरेका छन् ।

उनीहरु मंगलबार भाजपाको मुख्यलायमै पुगेर भाजपा प्रवेश गरेका हुन् । एसडिएफका विधायकहरुलाई भाजपाका कार्यकारी अध्यक्ष जेपी नड्डा र महासचिव राममाधवले स्वागत गरेका थिए ।

भाजपा प्रवेश गर्ने विधायकहरुमा एनके सुब्बा, फरवन्ती तामाङ, उगेन टी ग्याछो, डीटी लेप्चा, डीआर थापा, केबी राई, केएस लेप्चा, राजकुमारी थापा, पिञ्जो नाग्याल लेप्चा र टीटी भोटिया रहेका छन् ।

३२ सिटको विधानसभामा १३ सिटमा विजयी भएर प्रतिपक्षमा समेटिएको चाम्लिङ नेतृत्वको एसडिएफका दुई विधायक जीटी ढुङ्गेल र यमप्रसाद शर्माले यसअघि नै विद्रोह गरेको छन् । उनीहरु मुख्यमन्त्री पिएस गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चासँग नजिक रहेको बताइएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV