'पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा नहोस्'



काठमाडौं । प्रतिनिधिसभाकी सांसद् नवीना लामाले त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयका पदाधिकारी चयनमा राजनीतिक भागवण्डा नगर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

मंगलबार संसदको शुन्य समयमा बोल्दै लामाले विश्वविद्यालयको पदाधिकारी चयनमा राजनीतिक भागवण्डा नगरी प्राज्ञिक व्यक्तिलाई नियुक्त गर्न ध्यानाकर्षण गराएकी हुन् ।

लामाले भनिन्, ‘राजनीतिक भागवण्डाले भन्दा पनि विधि र प्रक्रियाको आधारमा, खुल्ला प्रतिस्पर्धाको आधारमा विश्वविद्यालयका पदाधिकारी चयन होस् । सक्षम निष्पक्ष र प्राज्ञिक व्यक्तित्व विश्विद्यालयको गरिमालाई उच्च राख्नका सक्ने व्यक्ति उपकुलपति र अन्य पदाधिकारी नियुक्त गरियोस् ।’

विश्वविद्यालयरुमा धेरै अराजकता मौलाएको बताउँदै उनले विश्व विद्यालयमा हुने गरेका विकृति विसंगति अन्त्य गर्नसक्ने पदाधिकारी चयनमा ध्यान दिन आग्रह गरिन् ।

अहिले आठ वटा विश्वविद्यालय नेतृत्वबिहीन भएको उनले जानकारी दिइन् ।

 




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV