'अन्तर्राष्ट्रिय लगानी नआए सरकारले नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउँछ'


SHARES

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण गर्न अन्तर्राष्ट्रिय लगानी नजुटे सरकारले आफै लगानी गर्ने बताउनुभएको छ ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथ समन्वय समितिको सामबारको बैठकमा बोल्दै मन्त्री भट्टराईले लगानी बोर्डबाट निजगढ विमानस्थलका लागि लगानी जुट्ने अवस्था नआए सरकारले निर्माणकार्य अगाडि बढाउने बताउनुभयो ।

उहाँले लगानीको विषयमा लगानी बोर्डका पदाधिकारीसँगको छलफल पछि थप निर्णय लिने पनि बताउनुभयो । बैदेशिक लगानी नआए के गर्ने भन्ने चिन्तामा सरकार नरहेको भन्दै मन्त्री भट्टराईले सरकार ब्याकअपमा बसेर काम गरिरहेको बताउनु भयो ।

आगामी मंसिरसम्म निजगढ विमानस्थलको शिलान्यासको घोषणा गरेका मन्त्री भट्टराईले पूर्व तयारीका काम सम्पन्न गरेर शिलान्यास गरिने सरकारको योजना रहेको बताउनु भयो ।

समितिमा बोल्दै मन्त्री भट्टराईले सरकारले बनाउनु पर्ने अवस्था आए नेपाली प्राविधिकहरुले बनाउने जानकारी दिनुभयो । नेपाली प्राविधिकहरु पनि अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने भएकाले कर्मचारीहरुलाई विश्वास गर्नुपर्ने बताउनु भयो ।

मन्त्री भट्टराईले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण अघि त्यस क्षेत्रको बस्तीलाई ब्यबस्थीत गरिने बताउनु भयो । बिस्थापित हुने सबै नेपाली दाजु—भाइ नै भएकोले अन्याय नहुने गरि ब्यबस्थापन गर्ने सरकारको प्रतिबद्धता रहेको बताउनु भयो ।


मन्त्री भट्टराईले विमानस्थल बनाउँदा १ हजार ९ सय हेक्टरभित्र आधारभूत संरचना बन्ने जानकारी दिदै वृक्षारोपणको कामलाई महत्वका साथ अघि बढाउने बताउनुभयो ।

विमानस्थल निर्माण गर्दा रुख काट्नुअघि वृक्षारोपण गर्ने सरकारको तयारी रहेको छ । निजगढ विमानस्थल निर्माण कार्यमा करिब ६ लाख रुख काटिने प्रतिवेदनमा उल्लेख छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV