म गर्भमै रहँदा हजुरबाले भन्नुभएछ, ‘मन्त्री बन्ने मेरो नाति जन्मिन्छ’ (भिडियोसहित)

फरक पाटोमा पूर्वप्रधानमन्त्री खनाल-१


SHARES

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालको राजनीतिक जीवनबाहेकका विषयमा हामीले कुराकानी गरेका छौं । उनी राजनीतिमा आउनु पूर्व बाग्लगुङको गलकोट क्षेत्रमा शिक्षक पेशमा थिए । त्यही समयमा गलकोटमै कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । यस पटक हामीले खनालका राजनीतिबाहेकका विभिन्न पक्ष खोज्ने प्रयास गरेका छौँ ।

बाल्यकाल, काठमाडौं बसाइ र शिक्षक जीवनका विभिन्न रोचक प्रसंगमा खनालसँग नागरिकखबरले कुराकानी गरेको छ । झलनाथ खनालको फरक पाटो-१ मा हामीले बाल्यकालको विषय समेटेका छौं ।

हजुरबाले नजन्मिँदै मन्त्री बन्ने घोषणा

जेठो, माइला, साइला, काइँला र अन्तरे दाइहरुपछि म जन्मिएको हुँ । मभन्दा अघि दिदी पनि जन्मनु भएको थियो । अर्थात् म सातौं सन्तान हुँ ।

मेरो पुर्ख्यौली घर इलामको साँखेजुङ हो । अहिले त्यस गाउँ इलाम नगरपालिका वडा नम्बर १ मा पर्दछ । त्यहाँ हजुरबाले बनाउनुभएको घर छ । मेरी आमाका अनुसार म त्यहीँ घरमा जन्मिएको हुँ । सातौं सन्तानका लागि आमालाई सुत्केरी व्यथा लाग्यो । बच्चा जन्मिँदै छ भनेपछि गाउँभरका मानिस जम्मा हुने गर्छन् । त्यस दिन पनि हाम्रो घरमा गाउँका मानिसहरु भेला भए ।

मेरो हजुरबाले धुलौटो (एक प्रकारको लेख्न प्रयोग हुने पाटी) लिएर बस्नुभएको रहेछ । हजुरबा इलाम जिल्लाको प्रख्यात ज्योतिषी हुनुहुन्थ्यो । उहाँले लेखेका, भनेका, बोलेका कुरा धेरैजसो पूरा गरेर जानु भएको छ । मलाई हजुरबाको उक्त कुराले अचम्म बनाउँछ । मेरो हजुरबाले जुन तरिकाले चिना हेरेर भविष्यवाणी गर्नुहुन्थ्यो, त्यो अनौठो थियो । यद्यपि, ज्योतिष विज्ञानकै एउटा शाखा हो । तै पनि ज्योतिषीहरुले भनेका कुरा विज्ञानसम्मत हुन्छन् भन्ने मलाई विश्वास छैन ।

म गर्भमा नै हुँदा मेरा हजुरबाले भन्नुभएको रहेछ, ‘यस पटक मेरो नाति जन्मिन्छ ।’ हजुरबाको उक्त घोषणा भएकाले आमालाई व्यथा लागेपछि हाम्रो घरमा गाउँलेहरु धेरै जम्मा भएका रहेछन् । उनीहरु नाति वा नातिनी जन्मिन्छ भनेर हेर्न आएका रहेछन् ।

म गर्भमा नै हुँदा मेरा हजुरबाले भन्नुभएको रहेछ, ‘यस पटक मेरो नाति जन्मिन्छ ।’ हजुरबाको उक्त घोषणा भएकाले आमालाई व्यथा लागेपछि हाम्रो घरमा गाउँलेहरु धेरै जम्मा भएका रहेछन् । उनीहरु नाति वा नातिनी जन्मिन्छ भनेर हेर्न आएका रहेछन् ।

म जन्मिनु बित्तिकै हजुरबाले सोध्नुभयो रे, ‘के जन्मियो ?’ भित्रबाट कसैले नाति भनेछन् । त्यसपछि उहाँले ‘बल्ल मेरो मन्त्री बन्ने नाति जन्मियो’ भन्नुभयो रे । हजुरबाले विभिन्न प्रकारका ग्रहहरु हेरेर त्यसो भन्नुभएको रहेछ । मेरो चार ग्रह एउटै ठाउँमा थियो रे, त्यसैले मन्त्री बन्छ भन्नुभएको रे ।

मेरो जन्म विक्रम सम्बत २००६ साल चैत ६ गते भएको हो । जन्मिनेबित्तिकै हजुरबाले गर्नुभएको घोषणा सुन्ने मानिसहरुले म मन्त्री भएपछि उक्त कुरा सुनाए। धेरैले तपाईको त ग्रह यस्तो खालको रहेछ भने । त्यतिमात्र होइन, म विद्यार्थी छँदा पनि हजुरबाले भनेका कुरा सुनाउँथे । तर मलाई विश्वास लाग्दैन थियो । मैले मेरो जीवन आफ्नै ढंगले अगाडि बढाउँदै आएँ ।

हजुरबाबाट सुरुवाती शिक्षा

मेरो हजुरबाको नाम उमाकान्त खनाल हो । उहाँले नै मलाई कखरा सिकाउनुभयो । कखरा चाँडो सिकेँ । यो मेरो फरक क्षमताका कारण भनेर हजुरबा भन्नुहुन्थ्यो । मेरो क्षमता देखेर हजुरबाले भन्नुहुन्थ्यो, ‘अहिले मेरो नाममा मेरो पुस्ता चलेको छ, पछि यसको नाममा पुस्ता चल्छ ।’

म सामान्य लेखपढ गर्न जान्ने भएपछि हजुरबाले मलाई गाउँमा भर्खर स्थापना भएको संस्कृत पाठशालामा भर्ना गरिदिनुभयो । अंग्रेजी पाठशाला भए पनि त्यति बेलाको समय अनुकूल मलाई संस्कृत पाठशालामा भर्ना गरिएको थियो ।

छिटो घोकेपछि अंग्रेजीमा पढाइ

संस्कृति पाठशालामा सबैभन्दा पहिले ‘दुर्गा कवज’ भन्ने पढ्नु पर्थ्यो । त्यसपछि चण्डी पढाइन्थ्यो । यी दुईवटा पढेपछि रुद्री, वेदलगायतका कोर्स पढ्नु पर्थ्यो । दुर्गा कवज पढाउने क्रममा घोकन्ते विद्या थियो । मैले दुर्गा कवज तुरुन्तै सकेँ । त्यसपछि मैले चण्डी पढ्नुपर्ने भयो ।

चण्डीमा दुर्गा कवज पनि पढ्नु पर्ने हुन्छ । चण्डीमा १३ अध्याय हुन्छन् । मैले त्यो पनि चाँडै पढेँ । त्यो बेला मेरो व्रतबन्ध भएको थिएन । बाहुनको छोराले व्रतबन्ध नभएसम्म रुद्री, वेद पढ्नु नहुने रहेछ । रुद्री र वेद सारसहित ‘हरि ऊँ त...’ भन्दै लय राखेर पढनु पर्ने रहेछ । म सानोमा पाठशाला निरन्तर जान्थेँ । म सरसँग पाठ लिई घोकेर तत्काल बुझाउँथे । मेरा दाजुहरुले रुद्री र वेद पढ्दा मैले त्यो सुनेरै याद गर्थें । अनि भन्दै हिँड्थे । त्यसो गर्नु विधि विधान प्रतिकूल रहेछ । मान्छे बौलाउन सक्छ भन्ने मान्यता रहेछ ।

बाहुनको छोराले व्रतबन्ध नभएसम्म रुद्री, वेद पढ्नु नहुने रहेछ । रुद्री र वेद सारसहित ‘हरि ऊँ त...’ भन्दै लय राखेर पढनु पर्ने रहेछ । म सानोमा पाठशाला निरन्तर जान्थेँ । म सरसँग पाठ लिई घोकेर तत्काल बुझाउँथे । मेरा दाजुहरुले रुद्री र वेद पढ्दा मैले त्यो सुनेरै याद गर्थें ।

व्रतबन्ध नगरी रुद्री, वेद पढ्नुपर्ने भएपछि गुरु र मेरो घरमा अब के गर्ने भन्ने विषयमा प्रश्न उठेछ । गुरु लेखनाथ दाहालले यसबारे मेरो घरमा भन्नुभएपछि हजुरबाले घरसभा राख्नुभयो । हजुरबाले मेरा तीन जना बालाई बोलाउनुभयो । मेरो बाको नाम पोङ्गानाथ खनाल, आमाको नाम मधुमाता खनाल, माइला काका रुपनारायण खनाल र कान्छा काका लोकनाथ खनालसहितको घर सल्लाह भयो ।

घर सल्लाहपछि मेरो पढाइ अंग्रेजी पाठशालामा हुन थाल्यो । अंग्रेजी पढ्नका लागि म साँखेजुङ मिडिल स्कुल जान थालेँ । मेरो साइला दाजु गिरिनाथ खनाल दुई कक्षामा र म एक कक्षामा भर्ना भएँ । परीक्षामा म पास भएँ र दाई फेल हुनुभयो । त्यसपछि दाजु र म सँगै भयौं ।

म कक्षा १ मा कक्षा र स्कुल फष्ट भएँ । कक्षा २ मा पनि स्कुल फष्ट भएँ । मेरो पढाइ राम्रो हुँदै गयो । कक्षामा मात्र होइन, विद्यालयमा समेत लोकप्रिय भएँ ।

आफ्नै साथीलाई पिट्नु पर्ने

पढ्ने क्रममा मलाई लागेको र अहिले पनि खट्किरहने कुरा के भने त्यो बेला जसले जान्दछ उसले नजान्नेलाई पिट्नु पर्थ्यो । आफ्नै साथीहरुलाई पिट्नुपर्ने कुरा मलाई मन पर्थेन ।

कान निमोठ्नु, दुईवटा पेन्सिलले औंला च्यापिदिनु पर्थ्यो । शिक्षकहरुले त्यस्तो खालको सजाय दिन लगाउनु हुन्थ्यो । त्यस्तो सजायको व्यवस्थाले साथीहरुसँग सम्बन्ध टुट्ने रहेछ । मलाई लाग्छ, सरहरुले त्यो गल्ती गर्नुभएको थियो ।

कक्षा ६ सम्म साँखेजुङ मिडिल स्कुलमा पढेँ । त्यसपछि कहाँ पढाउने भन्ने घरमा छलफल भयो । त्यस कक्षाभन्दामाथि गाउँमा विद्यालय थिएनन् । इलाम सदरमुकाममा आदर्श पब्लिक स्कुल थियो । मेरो त्यसपछिको शिक्षा त्यहीँबाट अघि बढ्ने भयो । त्यो विद्यालय राणाकालमा स्थापना भएको थियो ।

कक्षा ६ सम्म साँखेजुङ मिडिल स्कुलमा पढेँ । त्यसपछि कहाँ पढाउने भन्ने घरमा छलफल भयो । त्यस कक्षाभन्दामाथि गाउँमा विद्यालय थिएनन् । इलाम सदरमुकाममा आदर्श पब्लिक स्कुल थियो । मेरो त्यसपछिको शिक्षा त्यहीँबाट अघि बढ्ने भयो । त्यो विद्यालय राणाकालमा स्थापना भएको थियो ।

आदर्श पब्लिक स्कुलमा कक्षा १० सम्म पढ्ने व्यवस्था थियो । मैले कक्षा ७ देखि त्यहाँ पढेँ र त्यहीँबाटै एसएलसी गरेँ । हाईस्कुलको जीवन रमाइलो थियो । स्कुलमा म जहिले पनि कि फष्ट, कि सेकेण्ड हुन्थेँ । मैले २०२३ सालमा एसएलसी पास गरेँ । एसएलसीमा मेरो पाँच अंकले मात्र फस्ट डिभिजन आएन । स्कुलमा केही विषका शिक्षक थिएनन् । त्यसमध्ये गणितको शिक्षक पनि थिएनन् । त्यसैले मेरो गणित शिक्षक पाठ्यपुस्तकमा भएका उदाहरणहरु थिए । तिनै हेरेर म हिसाब गर्थें ।

अहिले पनि मलाई खल्लो लाग्छ पाँच नम्बरले मात्र मेरो फस्ट डिभिजन आएन भनेर । किनकि, गणित शिक्षक भएको भए म फस्ट डिभिजन पास गर्थें । त्यतिबेला फस्ट डिभिजन ल्याउनेको अर्कै सान थियो । त्यो सान राख्न सकिनँ भन्ने अहिले पनि पश्चाताप लाग्छ ।

इन्जिनियर बन्ने सपना

मेरो घरबाट प्राथमिक स्कुलसम्म पुग्न पनि कम्तीमा ५० मिनेट हिँड्नु पर्थ्यो । त्यो दूरीमा तीनवटा खोलानाला थिए । ती खोलानालामा पुल नहुँदा कहिले काहीँ ठूलो भेल पनि तर्नु पर्थ्यो । त्यसैले मलाई ठूलो पुल बनाउँछु भन्ने लाग्थ्यो ।

बाल्यकालको उक्त भोगाइले नै सायद मभित्र इन्जिनियर बन्ने सपना अँकुरायो । हाइस्कुल पढ्दा इन्जिनियर बन्छु भन्थेँ । तर, अप्सनल म्याथ लिन नपाएकोमा मन कुँडिएको थियो । विद्यालयमा उक्त विषयको शिक्षक नभएकाले पढ्न पाइएन ।

एसएलसीपछि के पढ्ने भन्ने भयो । साइन्स पढेर इन्जिनियर बन्ने मेरो सपना थियो । मैले उक्त कुरा बुबाआमालाई सुनाएँ । बुवा, आमाले तिम्रो इच्छा इन्जिनियर बन्ने छ भने त्यहीँ पढ् भन्नुभयो । हामीले सक्दो मद्दत गर्छौं भन्नुभयो । आइएस्सीसम्म पढाउँछौं, त्यसपछि तिमीले सोच्नु भनेर बुबाआमाले भन्नुभयो ।

एसएलसीपछि के पढ्ने भन्ने भयो । साइन्स पढेर इन्जिनियर बन्ने मेरो सपना थियो । मैले उक्त कुरा बुबाआमालाई सुनाएँ । बुवा, आमाले तिम्रो इच्छा इन्जिनियर बन्ने छ भने त्यहीँ पढ् भन्नुभयो । हामीले सक्दो मद्दत गर्छौं भन्नुभयो । आइएस्सीसम्म पढाउँछौं, त्यसपछि तिमीले सोच्नु भनेर बुबाआमाले भन्नुभयो ।

दुई/तीन हजार रुपैयाँ बोकेर काठमाडौं आएँ

हजुरबाको परिवार सम्पन्न थियो । त्यति बेला इलाममा सम्पन्न परिवारमा पर्थ्यो ।

बुबा छुट्टिनु भएपछि हाम्रो आर्थिक अवस्था सामान्य भयो । धेरै बलियो थिएन । हामी १० सन्तान थियौं । बुबाआमाले त्यो बेलामा मलाई पढ्नका लागि दुई तीन हजार रुपैयाँ दिनुभयो । त्यहीँ रकम बोकेर म पढ्नका लागि काठमाडौं आइपुगेँ ।

हामी १० सन्तान थियौं । बुबाआमाले त्यो बेलामा मलाई पढ्नका लागि दुई तीन हजार रुपैयाँ दिनुभयो । त्यहीँ रकम बोकेर म पढ्नका लागि काठमाडौं आइपुगेँ ।

काठमाडौं आउँदा मसँग मानबहादुर खड्गी, सुधीर सिवाकोटी, जगन्नाथजीलगायतका साथीहरु थिए । हामी २०२४ साल साउनमा काठमाडौं आएका थियौं ।

(पूर्वप्रधानमन्त्री झलनाथ खनालको काठमाडौं बसाइ र बाग्लुङको शिक्षक जीवनसम्बन्धी सामग्री आगामी भागमा प्रकाशित गर्नेछौँ ।)


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV