संविधानको प्रस्तावनमा समाजवाद उन्मुख रहुञ्जेल विदेशी लगानी भित्रिँदैन : जबरा


SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर जबराले संविधानको अव्यावहारिक नीतिका मुलुकको अर्थतन्त्र संकंटग्रस्त भएको दाबी गरेका छन् ।

राप्रपा (संयुक्त) संवद्ध स्वतन्त्र बुद्धिजीवी मञ्चको मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष जबराले संविधानको प्रस्तावनामा समाजवाद उन्मुख उल्लेख गरिएको र त्यसैअनुसार नीति बनाई लागू गरेकाले मुलुकको अर्थतन्त्र संकटग्रस्त भएको बताउनुभएको हो ।

‘नेपालको वर्तमान आर्थिक परिवेश एकदमै प्रतिकूल र डर लाग्दो छ,’ अध्यक्ष जबराले भने, ‘यसमा मुल कारण संविधानको प्रस्तावनामा समाजवाद उन्मुख भन्ने वाक्य राख्नु हो । यसैकारण वैदेशिक लगानीमा कमी आएको हो ।’

वैदेशिक लगानीकर्ताले लगानी गर्नु पूर्व देशको संविधान, वैदेशिक लगानी नीति, शान्ति सुरक्षा र सरकारको स्थिरताको राम्रो अध्ययन गर्ने जबराको भनाइ छ । संविधानमा समाजवाद उन्मुख भन्ने शब्द रहुञ्जेलसम्म नेपालमा कुनै पनि हालतमा वैदेशिक लगानी नभित्रिने अध्यक्ष जबराले दाबी गर्नुभयो । उनले संविधान संशोधन गरी समाजवाद उन्मुख भन्ने वाक्यको ठाउँमा कल्याणकारी उदारवाद राख्न सुझाव समेत दिए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV