सर्पको टोकाइबाट महिलाको मृत्यु

SHARES

बुटवल । सर्पको टोकाइबाट सैनामैना नगरपालिका वडा नम्बर १० पानबारीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीया सुकमाया रेश्मी मगरको रहेको वडा सदस्य चन्द्र बहादुर थापाले जानकारी दिए ।
दाँत माझ्दै घरको छेउमै हिँडिरहेकी सुकमायालाई खुट्टामा विषालु सर्पले टोकेको थियो । उनलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक लुम्बिनी अस्पताल ल्याइएको थियो ।
अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
SHARES

mode_editप्रतिक्रिया
यो पनि पढौँ