सांसद यादवलाई राजीनामा फिर्ता लिन दबाब, सिके राउतलाई ठाउँ छाडिदिएको अड्कल


SHARES

काठमाडौं । समाजवादी पार्टीले प्रतिनिधिसभामा सप्तरी १ बाट निर्वाचित सांसद सूर्यनारायण यादवलाई राजीनामा फिर्ता लिन दबाब दिएको छ ।

पार्टीलाई जानकारी नदिई यादवले सोमबार सभामुख कृष्णबहादुर महरासमक्ष राजीनामा दिएका थिए । उनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका हुन् ।

समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले उनलाई राजीनामा फिर्ता लिन आग्रह गरेको बताए ।

‘स्वास्थ्यमा समस्या परे उपचारका लागि विदा बस्न पाइन्छ, राजीनामा दिनुपर्दैन,’ उनले भने ।

सांसदको दलीय आबद्धतासमेत हुने भएकाले राजीनामा स्वीकृतिका लागि दलले समेत सभामुखलाई चिठी लेख्नुपर्छ । प्रमुख सचेतक अरगरियाले राजीनामा स्वीकृत गर्न चिठी नपठाएको बताए ।

राजनीतिक वृत्तमा भने सांसद यादवको राजीनामालाई उपचुनावलाई लक्षित गरेर कुनै नेतालई उक्त ठाउँमा उठाउने योजनासँग जोडेर हेरिएको छ ।

विखण्डनको मुद्दा छाडेर मूलधारको राजनीतिमा आएका सिके राउतलाई संसदभित्र छिराउन राउतकै जिल्लाको सिट खाली गराइएको आशंका पनि केहीले गरेका छन् ।

कान्तिपुर दैनिकमा समाचार छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV