मनसुनको न्यून चापीय रेखा उत्तरतिर सर्दै, केही स्थानमा भारी वर्षाको सम्भावना



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसत स्थानमा रहेको जनाएको छ । साथै उक्त रेखा उत्तरतर्फ सर्ने क्रममा रहेको पनि महाशाखाले जनाएको छ ।

नेपालको पूर्वी र मध्य भू–भाग नजिक एउटा न्युन चापिय प्रणाली रहेको जानकारी दिँदै महाशाखाले यो प्रणाली पश्चिमतिर सर्ने क्रममा रहेको जनाएको छ ।

आगामी २४ घण्टाको मौसम विवरणका सम्बन्धमा महाशाखाले देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहितको वर्षा हुने सम्भावना रहेको जनाएको छ । त्यसबाट बँच्न आवश्यक सतर्कता अपनाउन पनि उसको अनुरोध छ ।

देशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै महाशाखाले चुरेबाट बहने नदिमा पानिको बहावमा आकस्मिक बृद्धि हुनसक्ने भन्दै सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।

हाल देशको मध्य तथा पूर्वी तराई भू–भागमा आंशिक वदली र बाँकी भू–भागमा सामान्य वदली रही पश्चिमी पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधबार दिउँसो धेरैजसो स्थानमा वदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुनेछ भने पहाडि भू–भागका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

बुधबार राति धेरैजसो स्थानहरुमा वदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षा हुनेछ । देशको पूर्वि तथा पश्चिमी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

बिहीबार दिउँसो धेरैजसो स्थानमा वदली रही पश्चिमका केही स्थानमा साथै मध्य तथा पूर्वका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुनेछ । पश्चिमी भू–भागका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै बिहीबार राति धेरैजसो स्थानमा वदली देशका केही स्थानमा वर्षा हुनेछ । पश्चिमी तथा मध्य भू–भागका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

शुक्रबार दिउँसो धेरैजसो स्थानमा वदली रही देशका केही स्थानमा वर्षा हुनेछ । पश्चिमी तथा मध्य भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

शुक्रबार राति देशभर वदली रही पश्चिमका केही स्थानमा साथै पूर्व तथा मध्यका धेरै स्थानहरुमा वर्षा हुनेछ । देशको पुर्व तथा मध्य भू–भागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV