रवि लामिछानेलाई पक्राउ गरेर अनुसन्धान हुन्छ: प्रहरी



काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पीडित परिवारले किटानी जाहेरी दिएमा पत्रकार रवि लामिछानेसहित तीन जना पक्राउ पर्ने भएका छन् ।

चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले किटानी जाहेरी दिएमा आरोपित तीन जना पक्राउ पर्ने बताएका छन् ।

पुडासैनीको भिडियो बाहिरिएपछि मल्लले पुडासैनीलाई आत्महत्या गर्न बाध्य पार्नेलाई कारबाही हुने बताए । उनले भने, 'हामीले पहिलो चरणमा घटनाको अनुसन्धान गर्छौं । किटानी जाहेरी आएमा पक्राउ गर्छौं । आत्महत्या गर्न बाध्य पारिएको फेला परेको छ । अब पीडित परिवारले किटानी दिए  पक्राउ गरेर अनुसन्धान हुन्छ।’

किटानी जाहेरी नपरेमा डिजिटल ल्याबको रिपोर्टका आधारमा उनीहरुलाई बोलाउने र नआएमा पक्राउ गरेरै भए पनि अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको डिजिटल ल्याबको रिपोर्ट भोलि चितवन आइपुग्ने र त्यसैका आधारमा थप अनुसन्धान गरिने मल्लको भनाई छ ।

भिडियोमा चर्चित सञ्चारकर्मी लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीमाथि प्रहरीले अनुसन्धान गर्ने जनाएको छ । पुडासैनीले तीन जनाका कारण आत्महत्या गर्न बाध्य भएको भिडियोमा भनेका छन् ।

पत्रकार पुडासैनी आत्महत्या प्रकरण: सम्पादन नगरिएको भिडियोमा के छ ? (भिडियोसहित)

 

पुडासैनी आत्महत्या प्रकरण: रवि लामिछानेले भने, ‘थप जानकारी केही समयमा’ 




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV