धरानमा डेंगुको महामारी कायमै, सरकार मौन



भैरब आङ्ला

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा बैशाख ३१ गते देखि देखा परेको डेंगुले लिएको महामारी अझै कायमै रहेको छ ।

धरान उपमहानगरपालिकामा अहिले एक घर एक विरामी छन् भने केही घरमा परिवार नै विरामी परेका छन् ।

अहिले सम्म धरान उपमहानगरपालिकाको तथ्याङक अनुसार धरानमा अहिले सम्म ३ हजार १ सय ७३ जनामा डेंगु संक्रमिण छन् । तर यो तथ्यांक सही नभएको धरानका निजि क्लिनिक तथा ल्यावहरुको दाबी छ । धरानमा संचालित निजि क्लिनिक तथा ल्यावहरुको संख्या दुई दर्जनको हाराहारीमा छन् ।

उनीहरुका अनुसार धरानमा बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिजयपुर हस्पिटलबाट मात्रै संक्रमितको तथ्याङक लिने भएकोले धरान उपमहानगरपालिकाको तथ्याङक सही भन्न नमिल्ने निजि क्लिनिक तथा ल्याव संचालकहरुको दावी छ ।

धरान उपमहानगरपालिकामा अहिले सम्म ३ जनाको डेंगुकै कारण मृत्यू भएको बताइएको छ । तर धरान उपमहानगरपालिकाको तथ्याङकमा यसलाई समेटिएको छैन ।

धरान १५ की मनु सुनुवार, धरान ६ का कुसुम लकान्द्री र धरान उपमहानगरपालिकाको एक निजि विद्यालयमा अध्यायनरत विद्यार्थीको मृत्यु भएको हो । तर उनीहरु अरु कारणले विरामी भएको र अन्तिममा रगतको नमुना परिक्षण गर्दा डेंगु पोजेटिभ देखिएको थियो । यस कारण उनीहरुको मृत्यु डेंगुकै कारण भएको बताईएको छ ।

तर धरानमा फैलिएको डेंगुले ठूलो महामारीको रुप लिँदा पनि प्रदेश एक सरकारले भने अहिले सम्म आफनो तथ्यांकमा ३ हजारको हाराहारीमा मात्रै एक नम्वर प्रदेशमा डेंगु संक्रमितको संख्या देखाउनु र एक जनाको मृत्यु भएको भन्ने तथ्यांकमा ठूलो गल्ती रहेको जानकारहरु बताउँछन् ।

डेंगु नियन्त्रणका लागि धरान उपमहानगरपालिकाले केन्द्र र प्रदेश सरकारलाई पटक पटक सहयोग माग गरे पनि खासै चासो नदेखाएको बताईएको छ । धरान उपमहानगरपालिकामा प्रदेश सरकारले डेंगु नियन्त्रणका लागि विनियोजन गरेको ८० लाख रुपैया मध्ये ३० लाख धरान उपमहानगरपालिकाले पाउनुपर्ने हो । तर अझै सो रकम नआएको धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर मन्जु भण्डारी सुवेदीले बताएकी छन् । पछिल्लो समय धरानमा संघिय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव पुष्पा चौधरी टोली पनि डेंगुको बारेमा जानकारी लिन आईपुगेको थियो ।




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV