पत्रकार पुडासैनी आत्महत्या प्रकरण: सम्पादन नगरिएको भिडियोमा के छ ? (भिडियोसहित)



काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको भिडियो बाहिरिएपछि चर्चित सञ्चारकर्मी रवि लामिछाने समस्यामा परेका छन् ।

हेर्नुस् सम्पादन नगरिएको पूरा भिडियो

सामाजिक सञ्जाल फेसबुक मार्फत केहीबेरमा थप जानकारी दिने स्टाटस लेखेका लामिछाने झण्डै २४ घन्टा पुग्नै लाग्दासम्म सम्पर्क बाहिर छन् ।

प्रहरीले पत्रकार रवि लामिछानेसहित तीन जनालाई पक्राउ गर्ने तयारी गरेको छ ।

किटानी जाहेरी नपरेमा डिजिटल ल्याबको रिपोर्टका आधारमा उनीहरुलाई बोलाउने र नआएमा पक्राउ गरेरै भए पनि अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

चर्चित सञ्चारकर्मी लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीमाथि प्रहरीले अनुसन्धान गर्ने जनाएको छ । पुडासैनीले तीन जनाका कारण आत्महत्या गर्न बाध्य भएको भिडियोमा भनेका छन् ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको भिडियो बाहिरिएपछि चर्चित सञ्चारकर्मी रवि लामिछानेले आरोप प्रमाणित भएमा हदैसम्मको सजाय भोग्न तयार रहेको बताएका छन् ।

रवि लामिछानेका समर्थकद्वारा चितवनमा प्रदर्शन

चितवनका प्रहरी प्रमुख भन्छन्, 'रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्छौं'

रवि लामिछाने पक्राउ, अनुसन्धानका लागि चितवन लैजाने तयारी

पत्रकार पुडासैनी प्रकरण: अस्मिता कार्की पक्राउ, रवि लामिछाने निगरानीमा

 

रवि लामिछानेलाई पक्राउ गरेर अनुसन्धान हुन्छ: प्रहरी 

पुडासैनी आत्महत्या प्रकरण: रवि लामिछानेले भने, ‘थप जानकारी केही समयमा’ 




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV