पत्रकार पुडासैनी प्रकरण: अस्मिता कार्की पक्राउ, रवि लामिछाने निगरानीमा



काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जोडिएकी अस्मिता कार्की पक्राउ परेकी छन् ।

नेपाल प्रहरीको टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेर चितवन लगेको छ । काठमाडौंमा उनलाई चर्चित सञ्चारकर्मी रवि लामिछानेका मान्छेले नियन्त्रणमा लिएका थिए ।

चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले आरोपित कार्कीलाई केही व्यक्तिबाट उद्दार गरेर चितवन ल्याइएको बताएका छन् । महिला प्रहरीको टोलीले कार्कीलाई चितवन लगेको हो ।

लामिछानेसहित आरोपित युवराज कंडेल अहिले प्रहरीको निगरानीमा छन् । नेपाल प्रहरीको ल्याब रिपोर्ट पनि चितवन पुग्ने क्रममा रहेको छ ।

आज बेलुकी वा भोलि लामिछाने र कंडेल बिरुद्ध पक्राउ पुर्जी जारी हुनेछ ।

प्रहरी नियन्त्रणमै राखेर चर्चित सञ्चारकर्मी लामिछानेसहित कँडेल र कार्कीमाथि प्रहरीले अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

पुडासैनीले तीन जनाका कारण आत्महत्या गर्न बाध्य भएको आरोप भिडियोमा लगाएका छन् ।

 

रवि लामिछानेका समर्थकद्वारा चितवनमा प्रदर्शन

चितवनका प्रहरी प्रमुख भन्छन्, 'रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्छौं'

रवि लामिछाने पक्राउ, अनुसन्धानका लागि चितवन लैजाने तयारी

 

 

पत्रकार पुडासैनी आत्महत्या प्रकरण: सम्पादन नगरिएको भिडियोमा के छ ? (भिडियोसहित)




mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV